काठमाडौँ । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपोखरी पुगेका सर्वसाधारणले विधिपूर्वक नागदेवताको पूजा गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष भदौ १ गते परेको हो। पर्वका अवसरमा बिहानैदेखि नागपोखरीमा पूजा तथा दर्शनका लागि सर्वसाधारणको उपस्थिति देखिएको थियो।
नागपञ्चमीका दिन हिन्दु धर्मावलम्बीले नागदेवतालाई दूध, दही, दुबो, धूप, दीप तथा नैवेद्य चढाएर पूजा गर्ने परम्परा छ। घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्ने चलनसमेत रहेको छ।
परम्पराअनुसार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागको पूजा गरिन्छ। नागको चित्रसँगै गँगटो, बिच्छीलगायत जीवजन्तुको आकृति अङ्कित चित्रसमेत विशेष पूजासहित घरको मूलढोकामा टाँस्ने धार्मिक परम्परा छ।
नागको चित्र घरको मूलढोकामा टाँस्दा वर्षभरि नाग, सर्प तथा अन्य जीवजन्तुबाट हुने भय र कष्टबाट जोगिन सकिने धार्मिक विश्वास छ। यसका साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत सुरक्षा प्राप्त हुने जनविश्वास रहँदै आएको छ।
नागपञ्चमीका अवसरमा देशभरका विभिन्न नागस्थान तथा नागपोखरीमा पूजा–आराधना गर्ने परम्परा रहेको छ। काठमाडौँको नागपोखरीमा पनि प्रत्येक वर्ष श्रद्धालु पुगेर नागदेवताको पूजा तथा दर्शन गर्ने गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १ गते, २०८३ - ०९:४९
काठमाडौँ । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...
भाद्र १ गते, २०८३ - ०९:४६
झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...
भाद्र १ गते, २०८३ - ०९:४४
मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...
भाद्र १ गते, २०८३ - ०९:२३
गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...
भाद्र १ गते, २०८३ - ०९:१४
काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...
भाद्र १ गते, २०८३ - ०९:०४
काठमाडौँ । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...
भाद्र १ गते, २०८३ - ०९:००
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...
भाद्र १ गते, २०८३ - ०८:५६
काठमाडौँ । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...
भाद्र १ गते, २०८३ - ०८:५३
सुनसरी । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...
भाद्र १ गते, २०८३ - ०८:४९
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...



प्रतिकृया लेख्नुहोस्: