काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसदहरु शारदादेवी भट्ट, सुमित्रा बिसी, मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरुले किसानलाई मलको आवश्यक व्यवस्था मिलाउनका लागि वितरण प्रणाली पुनरवलोकन गर्न पनि सरकारलाई सचेत गराएको थिए।
सांसद भट्टले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले वर्षातमा धेरै नागरिक पीडित भएको र उनीहरुको राहतका लागि के काम भइरहेको छ ? भनी सरकारलाई प्रश्न गरे ।
सांसद भट्टले भने, ‘‘म फेरि दोहोर्याएर यही सोध्न चाहन्छु कि बाढी, पहिरो, डुबान के नेपाल सरकारले कहाँ कति उद्धार गर्यो ? के–के व्यवस्था भयो ? सुन्न चाहन्छु । यसको व्यवस्थाका लागि जोडदार माग पनि गर्न चाहन्छु ।’’
त्यसैगरी सांसदहरुले वर्षाका कारण भूकम्पपीडितहरुले झनै पीडा व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सुमित्रा बिसीले जाजरकोटमा पहिरोका कारण पाँच वर्षीय बालकको ज्यान गएको उल्लेख गर्नुहुँदै पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने बताए।
सांसद बिसीले भने, ‘‘देशभर बाढी, पहिरो आइरहेको छ । भूकम्पले छियाछिया भएको जाजरकोटमा फेरि दुःखद घटनाहरु सुरु भएका छन् । यही असार १६ गते वीरबहादुरको घर भत्केर पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेलाई औषधी उपचारको व्यवस्था गर्न म माग गर्दछु । मनाङको बाटो पनि जोखिममा छ । त्यसको पनि सरकारले उचित व्यवस्था गर्नुपर्छ ।’’
सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मलको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाउन त्यसको वितरण प्रणालीमा पुनरवलोकन गर्न सरकारलाई दबाब दिए। उहाँले किसानहरुले सुलभ र सहज रुपमा मल पाउने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे।
सांसद यादवले भने, ‘‘अहिले किसानहरुका लागि धान रोपाइँको व्यस्त सिजन हो । किसानहरुले सहज र सुलभ रुपमा मलखाद पाएका छैनन् । मेरो विचारमा मल वितरण प्रणालीलाई नै पुनरवलोकन गर्नुपर्छ ।’’
सांसद तुलसाकुमारी दाहालले सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले सार्वजनिक विद्यालयको शिक्षामा सुधार नगरेसम्म मुलुकको शैक्षिक क्षेत्रले प्रगति गर्न नसक्ने पनि उल्लेख गरे।
सांसद दाहालले भने, ‘‘सार्वजनिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन ढिलाइ भइसकेको छ । यसमा सरकार र सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ ।’’
सांसद दाहालले एसइई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएकाले त्यस्तो अवस्था आउन नदिन पनि सरकार चनाखो हुनुपर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...


प्रतिकृया लेख्नुहोस्: