Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

खबरडबली संवाददाता

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले बताए।

उनले भने, ‘सरकारले अधिवेशन बोलाउने तयारी गरेको छ। पुसको अन्तिमसम्ममा बोलाउनेगरी छलफल अघि बढेको छ। चाँडै बोलाउँछ।’ उनले आगामी अधिवेशनबाट संसदमा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्याउनेगरी छलफल अघि बढाइरहेको पनि बताए।

सरकारले संसद अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने चेतावनी समेत दिँदै आइरहेका थिए।

सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसदमा विचाराधीन विधेयकहरू समय सीमाभित्रै पास गर्न विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय समेत यसअघि नै गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२८ हजार मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...

मधेश सरकारलाई गठबन्धनकै कांग्रेस–एमालेको घेराबन्दी !

जनकपुरधाम । मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनकै ठूला दल नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित घेराबन्दी...

रहेनन् पत्रकार श्यामसुन्दर पुडासैनी

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।  शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्ष...

रास्वपाको केन्द्रिय समिति बैठक आजबाट, सहकारी अध्यादेशमा पनि छलफल हुने

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू हुनेछ ।  ...

सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस–एमाले निकट मुख्य प्रतिस्पर्धामा

काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्य...

दिनभर माैसम सफा रहेपनि बिहान तराई र उपत्यकामा हुस्सु र कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाल...

दिनभर माैसम सफा रहेपनि बिहान तराई र उपत्यकामा हुस्सु र कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाल...

मोटरसाइकल र ट्रक ठाेक्किँदा एकजनाको मृत्यु, दुई घाइते

विराटनगर । विराटनगरमा शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा त्यसमा सवार दुईजना घाइते भएका छन् । भारतीय नम्बर प्...

नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिक प्रा.लि. बिच उपचारमा छुटदिने सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक  नेपाल बैंक क्रिस्टल डायग्नोस्टिक प्रा.लि. बिच सम्झौता भएको छ । दुई संस्थाबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बै...

“छोरी बुहारी” सार्वजनिक

काठमडाैं । नेपाली समाजको यथार्थ चित्रण गर्ने सिरियल “छोरी बुहारी”  TLN Media युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।  नेपाली समाजको सांस्कृतिक विविधता...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy