काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरूले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन्।
माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातिले मात्र मनाउने भेषभुषा नभएको बताएका छन्। उनले आज सबैले आ(आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताए।
उनले भने, ‘यो एउटा रिमाइन्डर के भने, आज कुनै एउटा एकल जातजातिले मात्र मनाउने भेषभुषा दिवस होइन। सबैले आ–आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो। सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपी त कसैले धोती लगाएका छन्।’
उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसाबले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रुपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गरे। कार्यक्रममा सबै जना मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए। उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - ०९:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...
पौष २० गते, २०८१ - ०८:५३
काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...
पौष २० गते, २०८१ - ०८:००
काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...
पौष २० गते, २०८१ - ०७:५८
जनकपुरधाम । मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनकै ठूला दल नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित घेराबन्दी...
पौष २० गते, २०८१ - ०७:४४
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्ष...
पौष २० गते, २०८१ - ०६:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू हुनेछ । ...
पौष २० गते, २०८१ - ०६:३०
काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्य...
पौष २० गते, २०८१ - ०६:१०
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाल...
पौष २० गते, २०८१ - ०६:१०
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाल...
पौष १९ गते, २०८१ - २२:०८
विराटनगर । विराटनगरमा शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा त्यसमा सवार दुईजना घाइते भएका छन् । भारतीय नम्बर प्...
प्रतिकृया लेख्नुहोस्: