Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

इजरायलले क्रुर यातना दिएको रिहा भएका गाजावासीको आरोप

खबरडबली संवाददाता

एजेन्सी । इजरायल–हमास युद्धमा इजरायलद्वारा नियन्त्रणमा लिइएका प्यालेष्टिनीहरूलाई इजरायलले आँखामा पट्टी बाँधेर कुटपिट गरेको र कहिलेकाहीँ कुकुरले समेत टोकाएर यातना दिएको आरोप इजरायली जेलबाट रिहा भएका गाजाबासीले लगाएका छन् । 

गाजाको सबैभन्दा ठुलो अस्पताल अल–सिफाका पूर्व निर्देशक मोहम्मद अबु सलमियाले इजरायलले बन्दीहरूलाई दुर्व्यवहार गरेको बताए । इजरायली जेलबाट सोमबार रिहा गरिएका दर्जनौँ कैदीहरूमध्ये एक साल्मियाले ‘धेरै कैदीहरूको सोधपुछ केन्द्रमा मृत्यु भएको र खाना र औषधीबाट वञ्चित रहेका’ बताए । 

इजरायली सेना र शिन बेट गुप्तचर सेवाले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि उनीहरूले विगतमा यस्ता आरोपहरू अस्वीकार गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घलगायतका संस्थाले लामो समयदेखि इजरायली जेलमा प्यालेस्टिनी कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका थिए । जुन ११  मा इजरायलले रिहा गरेपछि गाजापट्टीको कमल अदवान अस्पतालमा लगिएका ५० कैदीहरूमध्ये केहीको एएफपीले अन्तर्वार्ता लिएको थियो । 

रिहा भएका बन्दीमध्ये एक ३७ वर्षीय महमुद अल–जानिनले आफ्नो अस्पतालको ओछ्यानको यातनाको स्मरण गर्दै भने, “मलाई दिनरात कुटपिट गरिएको थियो । हाम्रो आँखामा पट्टी बाँधिएको थियो, हाम्रो हातखुट्टा बाँधिएका थिए र कुकुरले समेत टोकाइएको थियो । “संयुक्त राष्ट्र सङ्घले कैदीहरूसँगको इजरायली दुर्व्यवहार ‘अस्वीकार्य’ रहेको बताएको छ । 

“हामीले यातना, दुब्र्यबहार, हतकडी, खाना, औषधी, पानीबाट कैदीहरू वञ्चित भएको रिपोर्टहरू प्राप्त गरेका छौँ र यो धेरै चिन्ताजनक विषय हो । हामीले यो विषय इजरायली अधिकारीसमक्ष उठाएका छौँ र पारदर्शी अनुसन्धानका लागि आग्रह गरेका छौँ,” संयुक्त राष्ट्र मानव अधिकार आयुक्तकी प्रवक्ता रविना शामदासानीले भने । 

मे महिनामा, इजरायली सेनाले सोधपुछको क्रममा बन्दीहरूलाई निर्वस्त्र गर्ने, यौन दुर्व्यवहार गर्ने र बिजुली प्रहार गरेको आरोप ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको अमेरिकी सञ्चारमाध्यमको प्रतिवेदनले जनाएको थियो । हमासको आक्रमणपछि इजरायली संसदले नजरबन्दसम्बन्धी नियमहरू संशोधन गरेको हो । डिसेम्बरमा गैरकानुनी लडाकुसम्बन्धी कानूनमा परिवर्तन ल्याएपछि प्यालेस्टिनीहरूलाई विशेष शिविरहरूमा हिरासतमा राख्न प्रयोग गरिएको छ । 

कानुनमा परिवर्तन ल्याएपछि इजरायलले अब प्रशासनिक प्रक्रिया बिना ४५ दिनका लागि कैदीहरूलाई हिरासतमा राख्न सक्छ । कैदीहरूलाई अदालतको सुनुवाइ बिना ७५ दिनका लागि हिरासतमा राख्न सकिन्छ र न्यायाधीशले बन्दीसँग वकिलले सम्पर्क गर्नबाट रोक्न सक्नेछन् । 

“केही बन्दीले आठ महिनाभन्दा बढी समयदेखि वकिलसँग भेटेका छैनन् र अदालतमा उपस्थित नगराई वकिल बिना जूममार्फत् मुद्दा चलाइएको छ,” इजरायलमा यातना विरुद्धको सार्वजनिक समितिका निर्देशक ताल स्टेनरले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE