एजेन्सी । इजरायल–हमास युद्धमा इजरायलद्वारा नियन्त्रणमा लिइएका प्यालेष्टिनीहरूलाई इजरायलले आँखामा पट्टी बाँधेर कुटपिट गरेको र कहिलेकाहीँ कुकुरले समेत टोकाएर यातना दिएको आरोप इजरायली जेलबाट रिहा भएका गाजाबासीले लगाएका छन् ।
गाजाको सबैभन्दा ठुलो अस्पताल अल–सिफाका पूर्व निर्देशक मोहम्मद अबु सलमियाले इजरायलले बन्दीहरूलाई दुर्व्यवहार गरेको बताए । इजरायली जेलबाट सोमबार रिहा गरिएका दर्जनौँ कैदीहरूमध्ये एक साल्मियाले ‘धेरै कैदीहरूको सोधपुछ केन्द्रमा मृत्यु भएको र खाना र औषधीबाट वञ्चित रहेका’ बताए ।
इजरायली सेना र शिन बेट गुप्तचर सेवाले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि उनीहरूले विगतमा यस्ता आरोपहरू अस्वीकार गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घलगायतका संस्थाले लामो समयदेखि इजरायली जेलमा प्यालेस्टिनी कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका थिए । जुन ११ मा इजरायलले रिहा गरेपछि गाजापट्टीको कमल अदवान अस्पतालमा लगिएका ५० कैदीहरूमध्ये केहीको एएफपीले अन्तर्वार्ता लिएको थियो ।
रिहा भएका बन्दीमध्ये एक ३७ वर्षीय महमुद अल–जानिनले आफ्नो अस्पतालको ओछ्यानको यातनाको स्मरण गर्दै भने, “मलाई दिनरात कुटपिट गरिएको थियो । हाम्रो आँखामा पट्टी बाँधिएको थियो, हाम्रो हातखुट्टा बाँधिएका थिए र कुकुरले समेत टोकाइएको थियो । “संयुक्त राष्ट्र सङ्घले कैदीहरूसँगको इजरायली दुर्व्यवहार ‘अस्वीकार्य’ रहेको बताएको छ ।
“हामीले यातना, दुब्र्यबहार, हतकडी, खाना, औषधी, पानीबाट कैदीहरू वञ्चित भएको रिपोर्टहरू प्राप्त गरेका छौँ र यो धेरै चिन्ताजनक विषय हो । हामीले यो विषय इजरायली अधिकारीसमक्ष उठाएका छौँ र पारदर्शी अनुसन्धानका लागि आग्रह गरेका छौँ,” संयुक्त राष्ट्र मानव अधिकार आयुक्तकी प्रवक्ता रविना शामदासानीले भने ।
मे महिनामा, इजरायली सेनाले सोधपुछको क्रममा बन्दीहरूलाई निर्वस्त्र गर्ने, यौन दुर्व्यवहार गर्ने र बिजुली प्रहार गरेको आरोप ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको अमेरिकी सञ्चारमाध्यमको प्रतिवेदनले जनाएको थियो । हमासको आक्रमणपछि इजरायली संसदले नजरबन्दसम्बन्धी नियमहरू संशोधन गरेको हो । डिसेम्बरमा गैरकानुनी लडाकुसम्बन्धी कानूनमा परिवर्तन ल्याएपछि प्यालेस्टिनीहरूलाई विशेष शिविरहरूमा हिरासतमा राख्न प्रयोग गरिएको छ ।
कानुनमा परिवर्तन ल्याएपछि इजरायलले अब प्रशासनिक प्रक्रिया बिना ४५ दिनका लागि कैदीहरूलाई हिरासतमा राख्न सक्छ । कैदीहरूलाई अदालतको सुनुवाइ बिना ७५ दिनका लागि हिरासतमा राख्न सकिन्छ र न्यायाधीशले बन्दीसँग वकिलले सम्पर्क गर्नबाट रोक्न सक्नेछन् ।
“केही बन्दीले आठ महिनाभन्दा बढी समयदेखि वकिलसँग भेटेका छैनन् र अदालतमा उपस्थित नगराई वकिल बिना जूममार्फत् मुद्दा चलाइएको छ,” इजरायलमा यातना विरुद्धको सार्वजनिक समितिका निर्देशक ताल स्टेनरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: