Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

भदौ महिनामा नयाँ संविधानः एमाओवादी प्रवक्ता शर्मा

\"DinaNathभक्तपुर । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले संविधान जारी गर्न नदिने षड्यन्त्र भैरहे पनि भदौ महिनाभित्रै नयाँ संविधान जारी गर्न कसैले रोक्न नसक्ने बताएका छन् । भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भने- ‘अहिले संविधान जारी गर्न नदिने षड्यन्त्र भैरहेको भए पनि भदौ महिनाभित्र संविधान जारी गर्न कसैले रोक्न सक्दैन ।’ संविधानसभाबाटै संविधान जारी हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि एमाओवादी लचक भएको पनि बताए । छलफल र सहमतिका लागि एमाओवादीले मधेसवादी दलका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफल चलाएको उल्लेख गदै प्रवक्ता शर्माले भने– ‘सहमतिका लागि मधेसवादी दलका नेताहरुसँग एमाओवादीका नेताहरुले बृहत् छलफल चलाएका छन् भोलिसम्म निष्कर्षमा पुग्छ ।’ संविधान जारी गर्न नदिन विभिन्न क्षेत्रबाट षड्यन्त्र भइरहेको बताउँदै उनले थारुहरुको जायज मागलाई सम्बोधन गरेर अगाडि बढ्नु पर्ने समेत बताए । तराईमा चर्किएको आन्दोलनमा एमाओवादीको घुसपैठ नभएको दाबी गर्दै उनले भारतबाट घुसपैठ भएको हो भने सरकारले नाकामा कडाइ गर्नुपर्ने धारणा राखे । सरकारमा बस्ने व्यक्तिहरुले हचुवाका भरमा आन्दोलनमा भारतको घुसपैठ छ भन्नु नै गलत भएको उल्लेख गर्दै प्रवक्ता शर्माले भने– ‘भारतको घुसपैठ रोक्न सरकारले सिमानामा निगरानी बढाउनुपर्छ, भारतसँग घुसपैठ रोक्न आग्रह गर्नुपर्छ, सरकारमा बस्नेले अनधिकृत रुपमा बोल्नुहुन्न ।’ तराईमा स्वार्थका लागि केही तत्वहरु सक्रिय रहेको चर्चा गर्दै उनले त्यस्ता समूहसँग सरकार सतर्क रहनुपर्ने औँल्याए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies