एजेन्सी । इजरायल हमास युद्धभएको करिब नौ महिनापछि गाजामा हमास प्यालेस्टिनी लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई मुक्त गर्ने पछिल्लो प्रयासका लागि इजरायलका गुप्तचर प्रमुख शुक्रबार कतारमा जाने अपेक्षा गरिएको छ ।
वार्ताबारे जानकार एक स्रोतका अनुसार मोसाद गुप्तचर सेवाका प्रमुख डेभिड बर्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल ‘गाजामा दुवै पक्षलाई सम्झौताको नजिक ल्याउने उद्देश्यले’ छलफलका लागि खाडी मुलुक कतारतर्फ जान लागेको हो ।
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्धले लेबनानसँग सम्बन्धित व्यापक द्वन्द्वको डर बढाएको छ । हमासले गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो र मारिनेमा अधिकांश सर्वसाधारण थिए ।
हमास लडाकूले आक्रमणपछि करिब २५० जनालाई बन्धक बनाएका थिए भने तीमध्ये करिब आधा बन्धकलाई यस पहिलेको युद्धविराम र बन्धक तथा बन्दी रिहाई सम्झौता अन्तर्गत रिहा गरिएको छ । बाँकी बन्धकमध्ये ४२ जना मारिएका र अझै ११६ जना हमास लडाकूको नियन्त्रणमा रहेको इजरायली सेनाले दावी गर्दै आएको छ ।
हमास आक्रमणको प्रत्युत्तरमा इजरायलले गाजामा गरेको हवाइ तथा स्थल आक्रमणमा कम्तीमा ३८ हजार ११ जनाको मृत्यु भएको र मारिनेमा अधिकांश महिला तथा बालबालिका तथा सर्वसाधारण रहेका हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । नाम नबताउने शर्तमा कतारी अधिकारीले भने, “बार्नेयाले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई भेट्नुहुनेछ ।
इजिप्टसँग मिलेर महिनौँदेखि सम्झौताका लागि सहयोग गर्ने प्रयास गरिरहेको संयुक्त राज्य अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रतिनिधिमण्डल पठाउने निर्णयको स्वागत गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत जुनमा बाइडेनले अघि सारेको योजनाको स्वागत गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको थियो, जसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेनाको फिर्ता र हमासद्वारा बन्धकहरूलाई मुक्त गर्ने समावेश थियो तर वार्ता पछि रोकियो ।
एक वरिष्ठ अमेरिकी अधिकारीले बिहीबार इस्लामिक आन्दोलनको पछिल्लो प्रतिक्रियाले प्रक्रियालाई अगाडि बढाउने र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्ने बताएका थिए । संयुक्त राज्य अमेरिकाले इजरायल र हमाससँग सम्झौतामा पुग्नका लागि ‘धेरै महत्त्वपूर्ण अवसरको सुरूवात’ भएको विश्वास गरेको ती अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: