एजेन्सी । इजरायल हमास युद्धभएको करिब नौ महिनापछि गाजामा हमास प्यालेस्टिनी लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई मुक्त गर्ने पछिल्लो प्रयासका लागि इजरायलका गुप्तचर प्रमुख शुक्रबार कतारमा जाने अपेक्षा गरिएको छ ।
वार्ताबारे जानकार एक स्रोतका अनुसार मोसाद गुप्तचर सेवाका प्रमुख डेभिड बर्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल ‘गाजामा दुवै पक्षलाई सम्झौताको नजिक ल्याउने उद्देश्यले’ छलफलका लागि खाडी मुलुक कतारतर्फ जान लागेको हो ।
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्धले लेबनानसँग सम्बन्धित व्यापक द्वन्द्वको डर बढाएको छ । हमासले गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो र मारिनेमा अधिकांश सर्वसाधारण थिए ।
हमास लडाकूले आक्रमणपछि करिब २५० जनालाई बन्धक बनाएका थिए भने तीमध्ये करिब आधा बन्धकलाई यस पहिलेको युद्धविराम र बन्धक तथा बन्दी रिहाई सम्झौता अन्तर्गत रिहा गरिएको छ । बाँकी बन्धकमध्ये ४२ जना मारिएका र अझै ११६ जना हमास लडाकूको नियन्त्रणमा रहेको इजरायली सेनाले दावी गर्दै आएको छ ।
हमास आक्रमणको प्रत्युत्तरमा इजरायलले गाजामा गरेको हवाइ तथा स्थल आक्रमणमा कम्तीमा ३८ हजार ११ जनाको मृत्यु भएको र मारिनेमा अधिकांश महिला तथा बालबालिका तथा सर्वसाधारण रहेका हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । नाम नबताउने शर्तमा कतारी अधिकारीले भने, “बार्नेयाले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई भेट्नुहुनेछ ।
इजिप्टसँग मिलेर महिनौँदेखि सम्झौताका लागि सहयोग गर्ने प्रयास गरिरहेको संयुक्त राज्य अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रतिनिधिमण्डल पठाउने निर्णयको स्वागत गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत जुनमा बाइडेनले अघि सारेको योजनाको स्वागत गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको थियो, जसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेनाको फिर्ता र हमासद्वारा बन्धकहरूलाई मुक्त गर्ने समावेश थियो तर वार्ता पछि रोकियो ।
एक वरिष्ठ अमेरिकी अधिकारीले बिहीबार इस्लामिक आन्दोलनको पछिल्लो प्रतिक्रियाले प्रक्रियालाई अगाडि बढाउने र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्ने बताएका थिए । संयुक्त राज्य अमेरिकाले इजरायल र हमाससँग सम्झौतामा पुग्नका लागि ‘धेरै महत्त्वपूर्ण अवसरको सुरूवात’ भएको विश्वास गरेको ती अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: