Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । 

आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन् । उनले जीवी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । 

अझै सरकारको आयु सात दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइल खोलेमा आफूको साथ र समर्थन रहने बताए। उनले सुकुम्वासीलाई खोला किनाराबाट हटाउन काठमाडौँ महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताए। उनले गृहमन्त्रीले संसदमा आएर ठुलो कुरा मात्रै गरेको बताए।

उनले भने, ‘‘संविधान संशोधन गरौँ। संविधानलाई परिवर्तन गरौँ। देशको हितमा छ भने संशोधन गरेर अगाडि बढाऔँ। हितमा छैन भने बुँदा कटौती गरौँ। हामीलाई जनताले यी पुराना ३३ वर्षदेखि देशलाई लुटे। गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ ? रोष्टममा आएर बताउनुस्। हामी तपाईँलाई समर्थन गर्छौँ।’’

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए। उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन

तनहुँ । मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचन...

छ महिनामा चार अजिंगरको उद्धार

तनहुँ ।  डिभिजन वन कार्यालय तनहुँले चार अजिंगरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्ध...

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने भएका छन् । शुक्रबार बसेको प्रदेश...

संकटग्रस्त पालिका घोषणामा अन्याय भएको भन्दै सिन्धुपाल्चोकका सांसदको आपत्ति

काठमाडौँ । सिन्धुपाल्चोकका पाँच सांसदले सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रप्रति आपत्ति जनाएका छन्  । सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद माध...

पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्...

दशैं लागेसँगै उपत्यकाका शक्तिपीठमा दर्शनार्थीको भीड

काठमाडौं । दशैं सुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको...

चाडपर्वको नजिक बाढीपहिरोको घटनाले यातायात क्षेत्र समस्यामा

काठमाडौँ । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । नेपाली कां...

चाडपर्व लक्षित खाद्य पदार्थ अनुगमनः दुईवटा फर्ममा अखाद्य पदार्थ भेटियो

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुईवटा फर्मको अनुग...

वरिष्ठ गीतकार विश्व वल्लभलाई मस्तिष्कघात

काठमाडौं । चर्चित गीतकार विश्व वल्लभ घरमै मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । अचानक बिरामी परेपछि ८० वर्षीय वल्लभलाई अस्पताल भर...

पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप

पाल्पा । पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो । जिल्लाको अन्य स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy