Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणबाट जोगिनका लागि कांग्रेस–एमाले सहकार्यः चित्रबहादुर केसी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टि स्टेट प्रकरण ढाकछोप गर्नका लागि काँग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन काँग्रेस एमालेले नयाँ सत्ता समिकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन् ।

‘यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भूटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न,’उनले भने,‘त्यसकारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाई दिएपनि नेपाली जनताले भोगी राखेका छन, देखिराखेका छन् । त्यसकारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ?’

अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरु भ्रष्ट छन् भन्नेकुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए ।उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गरे । संसदको ठूलो दल काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाई थियो ।

‘नेपाली जनताले देखेका छन । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारालाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन ।, ’उनले भने, ‘मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईहरु संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्दैन थ्यो ? किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो ।’

अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरुप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अव बन्ने सरकारले काम गर्नुपर्ने पनि बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन

तनहुँ । मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचन...

छ महिनामा चार अजिंगरको उद्धार

तनहुँ ।  डिभिजन वन कार्यालय तनहुँले चार अजिंगरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्ध...

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने भएका छन् । शुक्रबार बसेको प्रदेश...

संकटग्रस्त पालिका घोषणामा अन्याय भएको भन्दै सिन्धुपाल्चोकका सांसदको आपत्ति

काठमाडौँ । सिन्धुपाल्चोकका पाँच सांसदले सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रप्रति आपत्ति जनाएका छन्  । सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद माध...

पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्...

दशैं लागेसँगै उपत्यकाका शक्तिपीठमा दर्शनार्थीको भीड

काठमाडौं । दशैं सुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको...

चाडपर्वको नजिक बाढीपहिरोको घटनाले यातायात क्षेत्र समस्यामा

काठमाडौँ । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । नेपाली कां...

चाडपर्व लक्षित खाद्य पदार्थ अनुगमनः दुईवटा फर्ममा अखाद्य पदार्थ भेटियो

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुईवटा फर्मको अनुग...

वरिष्ठ गीतकार विश्व वल्लभलाई मस्तिष्कघात

काठमाडौं । चर्चित गीतकार विश्व वल्लभ घरमै मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । अचानक बिरामी परेपछि ८० वर्षीय वल्लभलाई अस्पताल भर...

पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप

पाल्पा । पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो । जिल्लाको अन्य स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy