Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कसरी सकियो प्रधानमन्त्री प्रचण्डको ‘जादू’ ?

खबरडबली संवाददाता

काठमाडौं। जादूमयी नम्बर रहेको नकपा माओवादी केन्द्रले नेतृत्व गरेको सरकार अल्पमतामा परको छ।

बुधबार राति सत्ता गठबन्धनको सबै भन्दा ठूलो दल नेकपा एमालेले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परको हो। शुक्रबार जसपाले पनि सरकार छाडेको छ।

त्यसैले प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिनेछन् । यसपटक भने उनको मत स्वात्तै घटेको छ । अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डलाई माओवादी, रास्वपा र नेकपा एसको मात्र मत मिल्नेछ ।

एमालेका ७८ सांसदको समर्थनसहित २०७९ पस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। पछिल्लो समीकरण भने गत फागुन २१ गतेमात्र बनेको थियो। शुरूमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेससँग मिल्न पुगेका थिए।

गत फागुनमा कांग्रेसको साथ छोडेर उनी एमाले तिर मिलेका थिए। प्रचण्डले धेरै सत्तामा अदलबदल गरेपछि मुलुका सबैभन्दा ठूला दल कांग्रेएमालेले संविधान संशोधनको एजेण्डासहित सरकार बनाउने अवस्थामा पुगेका हुन्।

अहिले एमाले र कांग्रेस एकातिर हुँदा पचण्ड स्पष्ट रूपमा अल्पमतमा परेका छन्। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बुधबारको बैठकले एमालसे सत्ता साझेदारी र्ने सहमति अनुमोदन गर्दै प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।

कांग्रेस र एमालेले सरकार छाड्न भनिसके पनि प्रचण्ड भने संसदबाट विश्वासका मत लिने भनिरहेका छन्। २०७९ मंसिरको चुनावमा नेपाली कांग्रेससँग चुनावी एकता गरे पनि ०७९ पुस १० गते कांग्रेसलाई धोका दिएर एमालेको साथमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पहिलोपटक ०७९ पुस २६ मा विश्वासको मत लिएका थिए।

त्यतिबेला २ सय ७० सांसद उपस्थित हुँदा प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए। चनावी एकता गरेको सम्झेर कांग्रेसले पनि विश्वासको मत दिएको थियो। त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे।

एमालेलाई बाहिर्याएर प्रचण्डले कांग्रेससँग पुनः एकता गर। सत्ता सहयात्री दलहरू फेरबदल भएपछि उनले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिए। त्यतिबेला उनले १ सय ७२ सांसदको समर्थन पाए। त्यसबेला संसद्मा २ सय ६२ सांसद उपस्थित थिए ।

त्यसपछि उनल गत फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए। चौथो पटक गत जेठ ७ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदको समर्थन प्राप्त गरेका थिए।

पछिल्लो पटक एमालेको समर्थन प्राप्त गरेपछि प्रचण्डले एमालेलाई दबाबमा राख्न कांग्रेस सभापतिसँग हिमचिम बढाएपछि कांग्रेस र एमाले दवै दलको विश्वासबाट बाहिरिएका छन्।

प्रतिनिधि सभामा उपस्थितिका हिसाबले पहिलो कांग्रेस र दोस्रो एमालेलाई धोका दिएर सत्ता लम्ब्याउँदै आएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कही दिनअघि आफ्नो पार्टीको जादूमयी नम्बर रहेकाले कोही कसैले पनि सत्ताबाहिर राख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

प्रचण्डको त्यही अभिव्यक्तिपछि पछिल्लो पटक एमाले र माओवादीको सहकार्य भएको चार महिना नपुग्दै प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा उभिन तयार भएका छन्।

योसँगै प्रचण्डको जादूमयी अंकको योग पनि समाप्त भएको छ। तीन पटक पधानमन्त्री भएका प्रचण्डको अब प्रधानमन्त्री हुने राजयोगसमेत समाप्त भएको विश्लेषण गरिएको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा २०६४ चैत २८ गतेको संविधान सभाको निर्वाचनमा सशस्त्र द्वन्द्वबाट आए पनि पहिलो दल बनेर प्रचण्डले सरकारको नेतृत्व गरेकथिए ।

त्यतिबेला एमालेले सत्ताका लागि साथ दिएको थियो । २०७३ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसले साथ दिएको थियो । तेस्रो पटक प्रधानमन्त्री हुँदा उनले आफूलाई जादूमयी अंक खेलाउँदै जाँदा उनी कहिल कांग्रेस र कहिले एमालेलाइै प्रयोग गर्दै २०७९ पुसदेखि प्रधानमन्त्रीको कुर्सीमा रहिरहेका छन्।

यो जादू अब भने समाप्त भएको छ। निःसन्देह प्रचण्ड शक्तिशाली प्रधानमन्त्री थिए। उनले विश्वासको मत पाउँदा २०७९ पुस २६ गते लगभग शतप्रतिशत मत पाएका थिए। त्यो संख्या नेपाली राजनीतिक इतिहासकै अप्रत्याशित एवं कीर्तिमानी संख्या थियो।

त्यसयता भने उनले आफ्नो जादूमयी संख्याको दुरुपयोग गरे। भनिन्छ(भगवान्ले शक्ति त दिन्छन् तर त्यसको सदुपयोग भन्दा दुरुपयोग गरे छिट्टै नाश पनि हुन जान्छ । अब प्रचण्डको जादूमयी संख्याले काम नगर्ने निश्चित जस्तै छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending