Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मनाङको थोँचे–ताचै सडकखण्ड सुचारु

खबरडबली संवाददाता

मनाङ । निरन्तरको वर्षाले अवरुद्ध भएको सडक खुलाउन मनाङका युवाहरु लागिपरेका छन् । नासोँ गाउँपालिका–५ थोँचेबाट वडा नं ८ ताचै जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको थियो ।

त्यसैलाई मध्यनजर गरेर वडा नं. ८ का वडाध्यक्ष याद घले र वडा नं. ४ का वडाध्यक्ष धर्मजंग गुरुङको विशेष पहलमा डोजर लगाई बाटो खुलाउने काम भएको ताचैको स्थानीय युवा यज्ञ घलेले जानकारी दिनुभयो । घलेका अनुसार अन्नपूर्ण युथ क्लबका अध्यक्ष बिन घलेको नेतृत्व तथा युवा साथीहरुको विशेष पहलमा सो अवरुद्ध सडक खण्ड खुलाइएको हो ।

सो सडक खण्ड खुलाइएसँगै वडा नं. ५ थोँचेबाट वडा नं. ८ ताचै जाने जाने सडक सुचारु भएको छ । सोमबारबाट कम वर्षा भएकाले अवरुद्ध सडक सुचारु गर्न सहज भएको हो ।

सदरमुकाम चामे जोड्ने सडक ६ दिनदेखि अवरुद्ध नै छ । तिमाङ झरनानजिकै रहेको पक्की पुल बाढीले बगाएपछि सडक सञ्जालबाट मनाङ टाढै छ । यसका लागि पनि प्रहरीको सहयोग लिएर पुल बनाउने कार्यमा जुटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...

रास्वपाको समानुपातिक सूची: बालेनको भागमा ४० जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending