Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा साना उद्यमलाई बलियो समर्थनको लागि आह्वान

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार रोजगारी सिर्जना गरी गरिबी उन्मूलन गर्न सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) लाई बलियो सहयोग गर्न आह्वान गरेका छन् । 

सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवसको सन्देशमा गुटेरेसले रोजगार सिर्जना गर्न, आर्थिक विकासलाई अगाडि बढाउन र महिला, युवा र सीमान्तकृत समुदायहरूको सशक्तिकरणमा उनीहरूको महत्त्वपूर्ण योगदानलाई जोड दिँदै एमएसएमईहरू विश्वभरका अर्थतन्त्रहरूको केन्द्रबिन्दु भएको बताए । 

यस वर्षको विषयवस्तु गरिबी उन्मूलन र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न यी उद्यमहरूको भूमिकामा केन्द्रित भएको जनाउदै उनले सङ्कटको समयमा एमएसएमईले उल्लेखनीय लचिलोपन प्रदर्शन गरेको बताएका छन् । एमएसएमईले वित्त, प्रविधि, बजार र आपूर्ति श्रृङ्खलामा सीमित पहुँचको सामना गर्नु परेको उल्लेख गर्दै गुटेरेसले यी उद्यमहरूलाई नीति, समर्थन संरचना र लगानी चाहिने प्रकाश पारे । 

जसले उनीहरूको विकास र औपचारिकतालाई बढावा दिई फलस्वरूप, समुदायहरूलाई समृद्ध बनाउन, कमजोरको उत्थान गर्न मद्दत गर्दछ । सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवस मनाउँदा संस्थाको समर्थन बलियो बनाउने, दिगो विकास लक्ष्यतर्फको प्रगतिलाई गति दिने र कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धता उनले दोहोर्याए । 

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ९० प्रतिशत व्यवसाय ६०–७० प्रतिशत रोजगारी र कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत हिस्सा एमएसएमईले ओगटेको छ । अप्रिल २०१७ मा, राष्ट्रसङ्घीय महासभाले संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्यको उपलब्धिमा एमएसएमईको योगदानको बारेमा चेतना जगाउन जुन –२७ लाई सूक्ष्म, साना र मध्यम आकारको उद्यम दिवसको रूपमा तोकिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: