Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

राष्ट्र बैंकलाई नाडाले बुझायो मौद्रिक नीतिमा समेवेश गर्न सात बुदा

खबरडबली संवाददाता

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल ‘(नाडा)ले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई प्रकाशपारी आगामी मौद्रिक नीतिको लागि सुझाब प्रस्तुत गरेको छ ।

कुनै समय जिडिपीमा २१ प्रतिशत सम्मको योगदान गरेको समग्र अटोमोवाइल बजारमा ६८प्रतिशतको गिरावट देखिदा यसको योगदान १४ प्रतिशतमा खुम्चिएको छ । आन्तरिक रोजगारीमा पनि योगदान दिने आटो क्षेत्र सरकारको नीतिकै कारण खुम्चिदै गएको व्यावसायीहरुले आरोप लगाउदै आइरहेका छन् ।

नाडाका अध्यक्ष करण चौधरी अहिले अटोमोवाइल मैत्री मौद्रिक नीतिको चरम आवश्यकता रहेको बताएका छन् । अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्दै पार्ट्स, लुब्रिकेन्ट्स र टायर इत्यादी क्षेत्रहरु पनि समावेश गरि सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता औल्याएका छन् । आगामी नीतिले यसमा सुधार ल्याएन भने स्थिति अझै भयावाह हुनेछ र व्यवसायीहरु पलायन हुनु बाहेक केहि विकल्प नरहने अध्यक्ष चौधरीले पटक पटक बताउदै आएका छन् ।

सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन नाडो नेपाल राष्ट्रबैंक समक्ष सात बुदे सुझाबहरु पेश गरेको छ ।

यस्ता छन् नाडाले बुझाएको सुझाव

पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने पक्रियामा लोन टू भ्यालू रेसीयो ५० प्रतिशत बाट बढाएर ७५ प्रतिशतमा पुर्याउनु पर्ने ।

पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने ।

चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउदै पनि आएको छ । तर पनि यसले अझै पनि व्यवसायीहरुलाई समस्यामा पारेको छ । यो लागु भएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने ।

कालो सुचिमा परेका व्यक्तीहरुले पनि अन्य बैकहरुबाट आफनो कारोवार गरिरहेको देखिएकोले कालो सुचिमा परेका व्यक्ती वा कम्पनीमाथीको कारवाही ज्यादै फितलो हुने गरेकोे देखिएकाले नेपाल राष्ट्र बैङ्कले यस नियमलाई कडाइकासाथ लागु गर्नु पर्ने ।

नेपाल राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने । 

त्यसैगरी कुनै पनि क्षेत्रमा एनपीए ५५ भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन । व्यावसायीक महत्वका माइक्रोबस नीजि प्रयोजनका कार एउटै क्षेत्र अन्तरगत पर्ने हुदा धेरै बैंकहरुले डिजेल पेट्रोलबाट चल्ने नीजि कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने ।

घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । 

अर्थात घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनु पर्ने । 

नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायीक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिबिराई प्रकरणमा सरकार असफल भएको हर्क सााम्पाङको टिप्पणी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण, प्रतिकेजी न्युनतम २२ रुपैयाँदेखी १०० रुपैया सम्म

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...

साफ महिला च्याम्पियनसिप: उपाधिको खोजीमा नेपाली महिला टोलीको तिब्र तयारी

काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...

स्थायी व्यवस्थापनको पर्खाइमा रहेका होल्डिङ सेन्टरका सुकुम्वासीको जीवन सहज बन्दै

भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...

तेह्रथुमको ढाका: तानको तालबाट अन्तर्राष्ट्रिय बजारसम्मको यात्रा

तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...

अझै भवनविहीन पालिकाहरू: जग्गा चन्दाबाट, सेवा भाडाकै घरबाट

बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...

झापामा रगतको माग उच्च

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...

अनुदान र सम्झौताले फेरियो खेती : लमजुङबाट १ सय ७५ मेट्रिक टन आलु बजारमा

लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...

घिमिरे दाजुभाइ सम्पर्कविहीन, बचतकर्ताको करोडौँ रकम अलपत्र

काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...

ब्रिटिस राजनीतिमा नेपाली उपस्थिति बलियो, रानाभाट दम्पतीसहित थुप्रै नेपालीमूलका उम्मेदवार विजयी

काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending