एजेन्सी । चिकित्सा स्रोत र सेनाका अनुसार इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको छ । ‘आक्रमण संयुक्त राष्ट्रसङ्घीय निकाय भवन भित्र सञ्चालनमा रहेको हमास लडाकूहरूको केन्द्रलाई लक्षित गरी’ भएको इजरायली सेनाले जानकारी गराएको छ । सेनाले मङ्गलबारको आक्रमणको थप समीक्षा गरिरहेको पनि बताएको छ ।
आक्रमणमा दक्षिणी खान युनिस क्षेत्र नजिकैको विद्यालयमा कम्तिमा २९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । विद्यालय भवनमा विगत चार दिनमा यो चौथो आक्रमण हो । बुधबार बिहान मध्य सहर नुसिरातको एउटा घरमा भएको बम विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको अस्पताल स्रोतले जनाएको छ ।
यसैगरी खान युनूस नजिकैको बानी सुहैलाको घरमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ । इजरायलले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा दशौं हजार मानिसहरूलाई खाली गर्ने आदेश जारी गरेपछि गाजा सहर र दक्षिणी गाजामा हवाई तथा स्थल आक्रमणहरू बढाएको छ ।
अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी युद्धविरामबारे इजरायली अधिकारीले बुधबार कतारमा वार्ता सुरु गरेपछि सैन्य आक्रमण बढेको हो । इजरायली सेनाले गाजामा एक रातको आक्रमणले प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्र सङ्घी निकाय (युएनआरडब्लुए) को मुख्यालय भित्रबाट सञ्चालित हमास र इस्लामिक जिहादलाई लक्षित गरेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकायको अक्टोबरदेखि भवनमाथि नियन्त्रण छैन । इजरायली सेनाले फेब्रुअरीमा मुख्यालयमुनि हमासको एउटा सुरङ फेला पारेको बताएको थियो । सेनाले आतङ्कवादी लकाकूहरूले युएनआरडब्लुएको मुख्यालयभित्र काम गरिरहेको र यसलाई मध्य गाजा पट्टीमा आईडीएफ (इजरायली रक्षा बल) का सैनिकहरूमाथि आक्रमण गर्न आधारको रूपमा प्रयोग गरिरहेको दावी गरेको छ ।
युएनआरडब्लुएले आक्रमणको तत्काल कुनै टिप्पणी नगरेता पनि यसको सुविधाहरू हमास र यसका सहयोगीहरूले प्रयोग गरिरहेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य नभएको उल्लेख गरेको छ । इजरायली तथ्याङ्कअनुसार अक्टोबर ७ मा भएको आक्रमणमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने मारिनेमा अधिकांश सर्वसाधारण थिए भने हमासलगायतका अतिवादी प्यालेष्टिनी समूहका लडाकूले दुई सय ५१ जनालाई बन्धक बनाएका थिए ।
हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको तथ्याङ्अनुसार बदलामा इजरायली सैन्य आक्रमणले गाजामा कम्तीमा ३८ हजार २४३ जनाको ज्यान लिएको र अधिकांश नागरिक रहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: