काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णय बारे जानकारी दिदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिए ।
उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडी बढ्ने निर्णय गरेको बताएका छन् ।
पाण्डेले भने-‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं । संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १७:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्व...
माघ १८ गते, २०८२ - १७:०६
काठमाडौँ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्...
माघ १८ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताएको छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को बूढ...
माघ १८ गते, २०८२ - १६:४४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश बनाउने कि जलाउने भन्नेबीचको प्रतिस्पर्धा हुने बताएका छन्। शनिबार काठमाडौंको चाबहि...
माघ १८ गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७२ वर्षको उमेरमा पनि अझै केही वर्ष सक्रिय राजनीतिमा रहन...
माघ १८ गते, २०८२ - १५:२२
काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ...
माघ १८ गते, २०८२ - १५:१२
काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्...
माघ १८ गते, २०८२ - १५:०१
जियुचुआन। चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबा...
माघ १८ गते, २०८२ - १४:५१
वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको ...
माघ १८ गते, २०८२ - १४:४३
हुम्ला। कर्णाली करिडोरको सिमकोट गाउँपालिका –५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प...



प्रतिकृया लेख्नुहोस्: