चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो।
सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन्। ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ।
आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए।
असार २८ गते बिहान ३ः३० बजेको समयमा नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।
ती बसमा सवार यात्रुको पहिचान शव भेटिने क्रम जारी रहेको प्रहरी प्रमुख रिमालले बताए। घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८२ - १३:३१
काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा जिल्लाका सरकारी तथा निजी संरचनामा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।...
मंसिर ३ गते, २०८२ - १३:०६
भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्र...
मंसिर ३ गते, २०८२ - १३:०५
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइ...
मंसिर ३ गते, २०८२ - १३:००
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस प्रतिगामी र सुनियोजित रहेको बताएका छन्। जेनजी आन्दोलनपछिक...
मंसिर ३ गते, २०८२ - १२:५१
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भए...
मंसिर ३ गते, २०८२ - १२:४८
काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ। उनलाई सुरक्षण मुद्रण कोषमा करार सेवामा कम्प्युटर अधिकृतको रूपमा न...
मंसिर ३ गते, २०८२ - १२:४६
विराटनगर । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न समूहमाथि ठूलाे कारबाही गर्दै विराटनगरस्थित एक व्यापारीको घर र गोदाममा छापा मारी लाखौँ मूल्य बराबरको अवैध...
मंसिर ३ गते, २०८२ - १२:४१
काठमाडौँ । मुग्लिन–पोखरा सडकखण्डमा मंगलबारदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुनेछ। मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले सार्...
मंसिर ३ गते, २०८२ - ११:५३
काठमाडौं । माइतीघर मण्डलामा आज बिहान चहलपहल सामान्य थियो। सहज गतिमा गुँडीहेका गाडी, हातमा कफी लिएर कफीको सुर्पो तानीरहेका युवाहरू, र छेउको पोलमा बेर...
मंसिर ३ गते, २०८२ - ११:२७
छात्रावास भोजनगृहमा पनि अव्यवस्थित भण्डारण




प्रतिकृया लेख्नुहोस्: