काठमाडौं । सरकार परिवर्तनसँगै एमाले र प्रधानमन्त्रीको सचिवालयको प्रत्यक्ष छाया राष्ट्र बैंकमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर समेत रहेका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा नियुक्त भए सँगै राष्ट्र बैंकमा एमाले हाबी भएको हो । उनको नियुक्तिसँगै प्रत्यक्ष रूपमा राष्ट्र बैङ्कमाथि डा.खतिवडा हाबी भएको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बिहीबार एकाएक डा.खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा भएर आएसँगै एकाएक पूर्व निर्धारित मौद्रिक नीतिको सार्वजनिक कार्यक्रम रोकिएको हो ।
तथापि, यता राष्ट्र बैंक स्रोतले भने सञ्चालक समितिमा मौद्रिक नीतिबारे पर्याप्त छलफल गर्न बाँकी नै रहेकाले केही समय होल्ड गर्नुपरेको जनाएको छ । जेठ १५ गते सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालिसकेको थियो ।
अनलाइन तथा भौतिक रूपमा निजी क्षेत्र, आर्थिक विज्ञ तथा सरोकारवाला निकायहरूसँग सुझाव लिएको राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आवश्यक सबै प्रक्रिया पुरा गरिसकेको थियो ।
पहिलो पटक मौद्रिक नीतिकै सन्दर्भमा आवश्यक सल्लाह तथा सुझाव समिति समेत गठन गरेर सहयोग लिएको राष्ट्र बैंकले साउनको पहिला साताभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले बिहीबार बिहान बोर्ड बैठक राख्ने तयारी समेत गरेको थियो । तथापि, एकाएक रोकियो ।
प्रचण्ड नेतृत्वको सरकार फेरिएर नेकपा एमालेसहित कांग्रेसको सरकार बन्दा यतिखेर अर्थ मन्त्रालय र राष्ट्र बैंकमा एमालेकै नेतृत्व रहेको छ । अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन् भने राष्ट्र बैंकमा एमालेकै आर्थिक विभागमा काम गरिसकेका प्रधानमन्त्री ओली निकट महाप्रसाद अधिकारी गभर्नर छन् ।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर समेत रहेका पूर्व अर्थमन्त्री डा. खतिवडा आएपछि प्रधानमन्त्रीकै अनुमतिमा राष्ट्र बैङ्कमाथि डा.खतिवडा सिधै हाबी भएको स्रोतको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २१:५८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...
बैशाख १९ गते, २०८३ - २१:४५
‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,
बैशाख १९ गते, २०८३ - २१:४१
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...
बैशाख १९ गते, २०८३ - २१:३८
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...
बैशाख १९ गते, २०८३ - २१:३४
एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...
बैशाख १९ गते, २०८३ - २१:२९
खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...
बैशाख १९ गते, २०८३ - २१:२१
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...
बैशाख १९ गते, २०८३ - २१:१८
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, ...
बैशाख १९ गते, २०८३ - २१:१६
कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...
बैशाख १९ गते, २०८३ - २१:०९
काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...


प्रतिकृया लेख्नुहोस्: