काठमाडौं । पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबिच सम्झौता भएको छ । नेपाल पर्वतारोहण सङ्घ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबिच दुईपक्षीय सम्झौता भएको हो ।
चीनको सिचाङ स्वायत्त प्रदेशको निङची/लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय फोरम’ का अवसरमा भएको उक्त सम्झौताबारे सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका अध्यक्ष निमानुरु शेर्पाले उक्त सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महत्पूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबिचको ज्ञान, सीप आदानप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनका लागि चीन सरकारको उच्च पदाधिकारीहरूको उपस्थितिमा भएको आफ्नो लुसाङ भ्रमणका दौरानमा दुई देशबिच चार बुँदे सम्झौता भएको हो । सम्झौतामा पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने, आरोहण संस्कृतिको प्रवर्द्धन, पर्वतीय वातावरणको संरक्षण र आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा जोड दिने उल्लेख छ ।
यो सम्झौता सङ्घले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठुलो भएको सङ्घले दाबी गरेको छ । सम्झौता अनुरूप उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्य गर्न अन्य आपत्कालीन अवस्थामा गर्नुपर्ने उद्धारका लागि सहयोग र सहकार्य गरिनेछ । यसको उपलब्धि स्वरूप तत्काललाई दुई पक्षबिच ‘हाइ अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ । सङ्घसहित चीन र नेपालको सरकारी प्रतिनिधिहरू समेत रहने उक्त संयत्रले उद्धारलाई थप छिटो, छरितो र प्रभावकारी बनाउनका लागि काम गर्नेछ ।
यस्तै, नेपाल पर्वतारोहण सङ्घ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबिच आरोहण संस्कृतिको प्रवर्द्धन गर्ने सहमति भएको छ । विशेषगरी दुई देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ । साथै, सगरमाथा लगायतका हिमालहरूको आरोहणमा जाने आरोहीहरूलाई थप सहयोगमा सहकार्य गर्ने सहमति भएको छ । आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरूका आरोहीलाई नेपाल पठाउने सहमति भएको सङ्घले जनाएको छ ।
उपयुक्त सम्झौता कार्यान्वयनका लागि चीनकोतर्फबाट सिचाङ क्षेत्र जनसरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घ र नेपालकोतर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र सङ्घको प्रतिनिधि रहने एउटा संयन्त्रको निर्माणका लागि प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए ।
उनका अनुसार नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा अर्को वर्ष दुई देशबिच संयुक्त आरोहणका लागि प्रस्ताव गरिएको र त्यसप्रति सकारात्मक प्रतिक्रिया आएको छ । विगत वर्षमा पनि दुई देशबिच नेपाल–चाइन फ्रेण्डसिप पिकको आरोहण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: