Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

खबरडबली संवाददाता

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा सङ्लग्न आशङ्कित आक्रमणकारी अझै फरार छन् ।

टोरन्टो प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा छ जना भेटिएको जनाएको छ । तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो । घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

प्रहरीले घटनास्थल वरपरको क्षेत्र घेराबन्दी गरी व्यापक अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार गोलीकाण्ड सेन्ट क्लेर एभिन्यूमा सञ्चालन भइरहेको साल्सा महोत्सवका क्रममा भएको हो ।

ओन्टारियोका प्रिमियर डग फोर्डले सामाजिक सञ्जालमार्फत घटनाप्रति दु:ख व्यक्त गर्दै यसलाई ‘अर्थहीन हिंसा’को सङ्ज्ञा दिएको छन् । उनले घटनामा दुई जनाको ज्यान गएको र अन्य व्यक्ति घाइते भएको उल्लेख गरे।

यो घटना गत महिनाको अन्त्यतिर मन्ट्रियलमा भएको गोलीकाण्डको केही समयपछि भएको हो । उक्त घटनामा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीको कारबाहीमा आक्रमणकारी मारिएका थिए ।

यसअघि फेब्रुअरीमा क्यानडाको पश्चिमी खानी सहर टम्बलर रिजस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो । उक्त घटनामा आक्रमणकारीले आफ्नी आमा र सौतेनी भाइको हत्या गरेकी थिइन् भने २७ जना घाइते भएका थिए । त्यसपछि उनले आत्महत्या गरेकी थिइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अ...

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

किसानलाई पेन्सनदेखि मल कारखानासम्म दिने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...

ट्रान्सफर्मर चोरीपछि सात सयभन्दा बढी धारामा खानेपानी बन्द

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...

पर्वतमा असार सकिँदासम्म ६० प्रतिशत धान रोपाइँ

पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी ३५ ले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...

स्विट्जरल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्ज...

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending