Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को प्रतिरोध गर्ने सहमति

खबरडबली संवाददाता

एजेन्सी । वासिङ्टनका शीर्ष कूटनीतिज्ञको आगमन हुनुभन्दा एकदिन अघि चीन र रूसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिवद्धता जनाउँदै शुक्रबार आफ्ना दक्षिणपूर्वी एसियाली समकक्षीहरूसँग भेट गरेका छन् ।

लाओसको राजधानी भिएन्ताइनमा आयोजित १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को तीन दिने बैठकमा चीनका विदेशमन्त्री वाङ्ग यी र सी विदेशमन्त्री सर्गेइ लाभरोभको सहभागिता रहेको छ । 

दुबै देशका विदेशमन्त्रीले आसियान सदस्य राष्ट्रका समकक्षीहरूसँग संयुक्तरूपमा वार्ता गरेका हुन् । वाङले नयाँ बेलायती विदेश सचिव डेभिड लमीसँग पनि भेट गरेका छन् । वाङ्ग र लाभरोभबीच बिहीबार आयोजित बैठकमा ‘दक्षिणपूर्व एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिहरूको प्रतिरोध गर्न दुई देश सँगै काम गर्न सहमत भएको रूसी विदेश मन्त्रालयले जनाएको छ । 

उनीहरूले युरेसियामा ‘नयाँ सुरक्षाका संरचना’ लागू गर्न पनि छलफल गरेको लाभरोभले एक विज्ञप्तिमार्फत जारी सन्देशमा बताएका छन् । वाङलाई उद्धृत गरी चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले समाचारमा लेखेको छ,“बेइजिङ रूससँग सहकार्य गर्न तयार छ । हामी एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न र एकअर्काको मूल हितको रक्षा गर्न प्रतिबद्ध छौँ ।”

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आसियानका विदेशमन्त्रीहरूसँग वार्ताका लागि शनिबार बिहान भियन्ताइन आइपुग्ने अपेक्षा गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौं । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।  इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्र...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडा...

काठमाडौं महानगरद्वारा बुद्धमाई अस्पताललाई एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण एक लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्...

दसैँभर कोशी प्रदेशमा २६९ दुर्घटना हुँदा १४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत...

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौं । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लि...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम वि...

धादिङमा एक वृद्धा मृत फेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन् । ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले द...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुव...

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy