Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ : आचार्य

खबरडबली संवाददाता

चितवन । नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज चितवनले आज यहाँ आयोजना गरेको २५ औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा  उहाँले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताए । 

उनले भने, “प्रजातान्त्रिक विचार समाजले कांग्रेसलाई सुधार गर्न लाग्नुपर्छ ।” अहिले कांग्रेस–कम्युनिष्टहरूसँग नजिकिँदा यो अवस्था आएको भन्दै उनले अब कांग्रेसलाई सुधारको बाटोमा लैजान आवश्यक रहेको बताए । आम जनताको गुनासो सुन्दै कांग्रेस सुधार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । 

कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दप्रसाद पोख्रेलले अहिलेको बजेट र यसले समाजमा पार्ने प्रभावका बारेमा धारणा राखेका थिए । अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको असहमति आपसी छलफलबाट टुङ्ग्याएर अघि बढ्नसके मात्रै राम्रो हुने बताए । सहमति र छलफलका लागि मध्यस्थकर्ताको भूमिकामा विचार समाजले काम गर्नुपर्ने उनले बताए । 

समाजका अध्यक्ष  कुलचन्द्र वाग्लेले समाज पार्टीको भ्रातृ संस्था नभएको भन्दै पार्टीभित्रको समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा प्रकट गर्ने र मध्यस्थर्ताका भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा समाजका निवर्तमान अध्यक्ष डा.केदारनरसिंह केसीले वर्तमान राजनीतिक अवस्थाका सकारात्मक र सुधारात्मक पक्षका विषयमा आफ्नो धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: