Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

काभ्रेपलाञ्चोकमा सङ्घीय सरकारको ९३ प्रतिशत बजेट खर्च

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि काभ्रेपलाञ्चोक जिल्लामा विनियोजन गरेको कुल कुल बजेटमध्ये करिब ९३ प्रतिशत बजेट खर्च भएको छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका विभिन्न कार्यालयमा चालु र पूँजीगत गरी कुल १२ अर्ब ८३ करोड ७१ लाख छ हजार ५२४ रुपियाँ विनियोजन गरेको थियो ।

सङ्घीय सरकारले जिल्लामा विनियोजन गरेको बजेटमध्ये असार मसान्तसम्म ९२ दशमलव ४ प्रतिशत अर्थात् ११ अर्ब ८७ करोड सात लाख ३७ हजार ९६७ रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सरकारले जिल्लामा चालुतर्फ १० अर्ब २१ करोड ८० लाख ३९ हजार ३१४ रुपियाँ विनियोजन गरेकोमा नौ अर्ब ४१ करोड ५७ लाख ८७ हजार ६३४ (९२ प्रतिशत) रुपियाँ खर्च भएको थियो । कोलेनिका काभ्रेपलाञ्चोकका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले गत आवमा सङ्घीय सरकारले जिल्लामा पूँजीगततर्फ दुई अर्ब ६१ करोड ९० लाख ६७ हजार २१० रुपियाँ विनियोजन गरेकोमा असार मसान्तसम्म ९३ दशमलव ७३ प्रतिशत अर्थात् दुई अर्ब ४५ करोड ४९ लाख ५० हजार ३३३ रुपियाँ खर्च भएको बताए । 

उनले सङ्घीय सरकारमार्फत जिल्लामा विनियोजन भएको पूँजीगत बजेटमध्ये सबैभन्दा बढी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिले ९७ दशमलव २५ प्रतिशत बजेट खर्च गरेको छ । प्रतिरक्षा विश्वविद्यालयका लागि ५५ करोड रुपियाँ बजेट विनियोजन भएकोमा ५३ करोड ४९ लाख चार हजार ५२० रुपियाँ बजेट खर्च भएको छ । यस्तैगरी सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले कुल पूँजीगत बजेटको ९४ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ ।

उक्त सडक आयोजनाका लागि एक अर्ब ८४ करोड सात लाख ७५ हजार बजेट विनियोजन भएकोमा एक अर्ब ७४ करोड सात लाख ९६ हजार ९५० रुपियाँ खर्च, काभ्रेपलाञ्चोक जिल्ला अदालतका लागि पूँजीगततर्फ ४५ लाख विनियोजन भएकोमा ६५ प्रतिशत अर्थात् २९ करोड ३९ लाख ५२८ रुपियाँ खर्च भएको छ । 

त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयका लागि पूँजीगततर्फ ५३ लाख ३० हजार बजेट विनियोजन भएकोमा ६४ दशमलव ६ प्रतिशत अर्थात् ३४ लाख ४६ हजार ३९९ रुपियाँ खर्च भएको कोलेनिका काभ्रेपलाञ्चोकले जनाएको छ । सङ्घीय सरकारले जिल्लामा रहेका १३ वटा स्थानीय तहसहित कूल ५३ वटा कार्यालयका लागि बजेट विनियोजन गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: