Ntc summer Offer
Khabar Dabali १० भाद्र २०८२ मंगलवार | 26th August, 2025 Tue
Investment bank

वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

खबरडबली संवाददाता

बाँके ।  बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ। 

गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार चार सय १० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए। उनका अनुसार एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा आक्रमणबाट सामान्य घाइते भएका दुई सर्वसाधारणलाई रु एक लाख २३ हजार आठ सय १० क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ। 

यसैगरी, पशुधन क्षतिका एक सय ८१ घटनामा रु १८ लाख २५ हजार तीन सय र अन्नबाली क्षतिका दुई सय ७२ घटनामा रु १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए। 

बाँके राष्ट्रिय निकुञ्जले अघिल्लो आर्थिक वर्षमा तीन सय ६४ वन्यजन्तुबाट पीडित सर्वसाधारणलाई क्षतिपूर्ति प्रदान गरेको थियो। चितुवाको आक्रमणबाट तीन सख्त घाइते र एक सामान्य घाइतेलाई रु चार लाख ८९ हजार, पशुधन क्षतिका ६८ घटनामा रु छ लाख ९६ हजार चार सय ५० र अन्नबाली क्षतिका दुई सय ९२ घटनामा रु १२ लाख ४१ हजार दुई सय ५० क्षतिपूर्ति वितरण गरिएको थियो। 

वन्यजन्तु अपराधसम्बन्धी सात मुद्दा दर्ता 

बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको चोरी–सिकारी तथा अपराधसम्बन्धी विभिन्न सात थान मुद्दा दर्ता गरेको छ। सात मुद्दामध्ये छ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको निकुञ्जका रेञ्जर बिनिता केसीले जानकारी दिइन् ।

उनका अनुसार गत आर्थिक वर्षमा संरक्षित जनावर चौखाको चोरी–सिकारीमा संलग्न एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गरिएको छ भने सवारी साधनको ठक्करबाट मृत्यु भएका पाँच र चित्तल सिकारीको एक गरी छ मुद्दा निकुञ्जमै दर्ता भएका छन् । 

ुराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित जनावरको चोरी–सिकारीको मुद्दा अदालतमा दर्ता गर्छौं, अन्य जनावरको मुद्दा निकुञ्जमै दर्ता गरेर अनुसन्धान र फैसला हुने गर्दछु, निकुञ्जका रेञ्जर केसीले भनिन्, 'गत आर्थिक वर्षका सातवटा मुद्दा अनुसन्धानका क्रममा रहेका छन्, अझै फैसला भइसकेको छैन।'

गत आर्थिक वर्ष सवारी साधनसँग ठोक्किएर एक रतुवा र चार चित्तलको मृत्यु भएको तथा एक चित्तल चोरी–सिकारीको मुद्दा निकुञ्जमा दर्ता भएको छ। यसैगरी, संरक्षित जनावर चौखा चोरी–सिकारीको एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता भएको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे माधव नेपाल र बाबुराम भट्टराई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा‍. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ। माइती...

कवाडी व्यवसायीको आन्दोलन र बालेन साहको नेतृत्वप्रति प्रश्न

बालेन साह रूपान्तरणको प्रतिक वा निरंकुश 'फेस लिफ्ट' ?

२०८४ को आशा : डा. भट्टराईको वैकल्पिक शक्तिको सपना र यथार्थको मूल्याङ्कन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै दिएको अभिव्यक्तिमा उनले २०८४ सालसम्म नेपालमा वैकल्पिक शक्तिको उदय हुने ठोकुवा गरे। उनी आफैंले सुरु गरेको...

तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव पनि होः नायिका रेखा थापा

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्...

प्रभावकारी बन्दै 'शिक्षासँगै सिप कार्यक्रम', बिधालय शिक्षा पुरा गरे पछि सिपसहित निस्कने

माेरङ । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ । वडाका तिन विद्यालयमा अघिल्लो...

आन्दोलनरत उखु किसानलाई माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौं। सरकारले अनुदान कटौती गरेपछि काठमाडौंमा आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ। माइतीघर मण्डलामा धर्नामा रहेका...

कुवेत पुगेको आठौँ दिनमै सुर्खेतका युवकको आत्महत्या

कुवेत । कुवेतमा काम गर्न पुगेका एक नेपाली युवकले फ्लाइओभरबाट हाम फालेर आत्महत्या गरेका छन्। सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमल...

सँधै विवादमा आइरहने मेडिसिटी अस्पतालको ओरालो यात्रा

एक वर्षमै साढे ३२ करोड घाटा

उखुको बोटसहित किसान सडकमा आउनु दुःखद हाे: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखुको भुक्तानी नपाएर किसानहरू उखुको बोटसहित सडकमा आउनु दुःखद भएको बताएका छन्। उनले सरकारलाई कि...

पशुपतिमा दर्शनार्थीलाई पानीको फोहोरा !

काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending