Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

२०८४ को आशा : डा. भट्टराईको वैकल्पिक शक्तिको सपना र यथार्थको मूल्याङ्कन

खबरडबली संवाददाता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै दिएको अभिव्यक्तिमा उनले २०८४ सालसम्म नेपालमा वैकल्पिक शक्तिको उदय हुने ठोकुवा गरे। उनी आफैंले सुरु गरेको “नयाँ शक्ति अभियान” विस्तारै आकार लिँदैछ भनी दाबी गर्दै, लोकतन्त्रको नाममा चलिरहेको सत्ताको अनिश्चितता, नेतृत्वहीनता र जनअपेक्षाबाट टाढिएको प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।

पुराना दलहरूप्रति कटाक्ष :

भट्टराईको मूल सन्देश स्पष्ट छ — पुराना दलहरू रूपान्तरण हुन नसकेका कारण जनताको भरोसा हराउँदैछ। ‘जेल बसेको’ वा ‘भूमिगत आन्दोलन गरेको’ इतिहास मात्रै राखेर देश चलाउने समय अब सकिएको उनको भनाइप्रति आम नागरिक मात्र होइन, स्वयं राजनीतिकर्मीहरूलाई पनि आत्मनिरीक्षण गर्नु जरुरी छ।

तर यहाँ प्रश्न उठ्छ — यिनै दलभित्र काम गरेका, सत्तामा बसेका नेताहरूले नयाँ विकल्पको नेतृत्व गर्न सक्लान्? भट्टराई स्वयं दशकौंसम्म माओवादी आन्दोलन र सत्ताको मूलधारमा रहिसकेका व्यक्ति हुन्। उनको नेतृत्वमा बनेका सरकारहरूले अपेक्षित रूपान्तरण किन गर्न सकेनन् भन्ने प्रश्नलाई उनले स्पष्ट जवाफ दिन बाँकी नै छ।

वैकल्पिक शक्ति : संकल्प कि भ्रम?

डा. भट्टराई भन्छन् — वैकल्पिक शक्ति एकै दल होइन, साझा मोर्चा हो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई आधार मानेर विभिन्न दल र समूहबीच सहकार्य गर्न सकिन्छ।

तर नेपालमा सहकार्य र मोर्चाबन्दीहरू धेरैजसो चुनावी समीकरणको अंकगणितमा सीमित हुने गरेका छन्। नीति र विचारको आधारमा बनेका मोर्चाहरू लामो समय टिकेका छैनन्। त्यसैले यहाँ मूल प्रश्न हुन्छ — यो मोर्चा विचारधारामा आधारित हुनेछ कि अवसरवादी गठबन्धन मात्र?

प्रणालीगत सुधारको माग : प्रत्यक्ष निर्वाचित राष्ट्रपति

ट्टराईले देशलाई स्थायित्व दिन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गरेका छन्। वर्तमान संसदीय प्रणालीलाई "तमासा" भन्ने उनको टिप्पणी गम्भीर हो।

नेपालजस्तो बहुजातीय, बहुभाषिक, विभाजित समाजमा प्रत्यक्ष राष्ट्रपतिको मोडेलले स्थायित्व दिन सक्छ — तर यसको लागि गहिरो सार्वजनिक संवाद, संवैधानिक पुनर्लेखन र राजनीतिक सहमति आवश्यक हुन्छ। भट्टराईले देखाएको मोडल राम्रो लागे पनि, त्यसको कार्यान्वयन अहिलेको विभाजित राजनीतिक भूगोलमा कत्तिको सम्भव छ?

भूमिसुधार र कृषि अर्थतन्त्रको पुनर्संरचना

भट्टराईको अर्को केन्द्रीय मुद्दा हो — वैज्ञानिक भूमिसुधार। जमिनको स्वामित्व राज्य र समुदायमा, भोगाधिकार व्यक्तिमा भन्ने प्रस्ताव साहसी छ। यो तानाशाही साम्यवाद होइन, सामाजिक न्यायमा आधारित प्रणाली हो।

नेपालमा कृषि सुधारबिना समृद्धि सम्भव छैन। तर जमिन सुधारका नाममा विगतमा भएका असफल प्रयोगहरूले जनतामा शङ्का उत्पन्न गराएका छन्। अतः राज्यले कृषकलाई मल, बीउ, प्रविधि, वित्तीय सहुलियत दिनुपर्ने प्रस्ताव व्यवहारिक छ तर कार्यान्वयनमा स्पष्ट नीतिगत खाका देखिएको छैन।

शिक्षा र स्वास्थ्यमा सुधार होइन, व्यापार!

डा. भट्टराईको आलोचना शिक्षा क्षेत्रमा व्यापारीकरणका विरुद्ध छ। ‘निजी क्षेत्रले व्यापार गर्न पाउनु पर्छ’ भन्ने धारणा संविधानसँग मेल खान्न। शिक्षा परोपकार र नागरिक अधिकार हो भन्ने सन्देश उनी निरन्तर दिँदै आएका छन्।

तर विडम्बना, नयाँ शक्ति, विवेकशील, रास्वपाजस्ता वैकल्पिक भनिएका शक्तिहरूले समेत शिक्षा–स्वास्थ्यमा निजीकरणको खिलाफ बलियो नीति देखाउन सकेका छैनन्। त्यसैले यहाँ पनि वैकल्पिक शक्तिको चरित्र अझै स्पष्ट छैन।

विधिको शासन, प्रतिशोध र नैतिक प्रश्न

सरकारका तर्फबाट भइरहेको केही कानुनी कारबाहीहरूलाई लिएर “प्रतिशोधको गन्ध” आउन थालेको भट्टराईको भनाइ चित्त बुझ्दो छ। उनी भन्छन् — कारबाही होस् तर पारदर्शी होस्, नत्र विधिको शासनमा विश्वास कम हुन्छ।

आजको दिनमा मुद्दा परेको बित्तिकै "राजनीतिक षड्यन्त्र" भन्ने र नपरे "सफासुग्घर" भन्ने प्रवृत्तिको अन्त्य गर्नु जरूरी छ। भ्रष्टाचार र दण्डहीनताको अन्त्य वैकल्पिक शक्ति बन्नेहरूकै पहिलो परीक्षा हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

बाटोमै खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...

सेती नदी थुनिँदा बढ्यो ठूलो जोखिम, ४० मिटर माथिबाट बग्न थाल्यो पानी

पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक

भारी वर्षाको जोखिमपछि हेटौंडाबाट काठमाडौं जाने रात्रीकालीन सवारी रोकियो

हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार, दयनीय अवस्था भेटिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...

‘दुईतिहाइको सरकार पूर्णतः असफल’ : आर्थिक संकट गहिरिँदै गएको आजपाको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...

राजाको दरबार चम्किँदै, राजाको गाउँ भने अझै विकासबाट टाढा

दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...

कांग्रेसमा एकताको ढोका बन्द, देउवा समूह नयाँ राजनीतिक बाटोतर्फ, राष्ट्रिय भेला बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending