Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

२०८४ को आशा : डा. भट्टराईको वैकल्पिक शक्तिको सपना र यथार्थको मूल्याङ्कन

खबरडबली संवाददाता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै दिएको अभिव्यक्तिमा उनले २०८४ सालसम्म नेपालमा वैकल्पिक शक्तिको उदय हुने ठोकुवा गरे। उनी आफैंले सुरु गरेको “नयाँ शक्ति अभियान” विस्तारै आकार लिँदैछ भनी दाबी गर्दै, लोकतन्त्रको नाममा चलिरहेको सत्ताको अनिश्चितता, नेतृत्वहीनता र जनअपेक्षाबाट टाढिएको प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।

पुराना दलहरूप्रति कटाक्ष :

भट्टराईको मूल सन्देश स्पष्ट छ — पुराना दलहरू रूपान्तरण हुन नसकेका कारण जनताको भरोसा हराउँदैछ। ‘जेल बसेको’ वा ‘भूमिगत आन्दोलन गरेको’ इतिहास मात्रै राखेर देश चलाउने समय अब सकिएको उनको भनाइप्रति आम नागरिक मात्र होइन, स्वयं राजनीतिकर्मीहरूलाई पनि आत्मनिरीक्षण गर्नु जरुरी छ।

तर यहाँ प्रश्न उठ्छ — यिनै दलभित्र काम गरेका, सत्तामा बसेका नेताहरूले नयाँ विकल्पको नेतृत्व गर्न सक्लान्? भट्टराई स्वयं दशकौंसम्म माओवादी आन्दोलन र सत्ताको मूलधारमा रहिसकेका व्यक्ति हुन्। उनको नेतृत्वमा बनेका सरकारहरूले अपेक्षित रूपान्तरण किन गर्न सकेनन् भन्ने प्रश्नलाई उनले स्पष्ट जवाफ दिन बाँकी नै छ।

वैकल्पिक शक्ति : संकल्प कि भ्रम?

डा. भट्टराई भन्छन् — वैकल्पिक शक्ति एकै दल होइन, साझा मोर्चा हो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई आधार मानेर विभिन्न दल र समूहबीच सहकार्य गर्न सकिन्छ।

तर नेपालमा सहकार्य र मोर्चाबन्दीहरू धेरैजसो चुनावी समीकरणको अंकगणितमा सीमित हुने गरेका छन्। नीति र विचारको आधारमा बनेका मोर्चाहरू लामो समय टिकेका छैनन्। त्यसैले यहाँ मूल प्रश्न हुन्छ — यो मोर्चा विचारधारामा आधारित हुनेछ कि अवसरवादी गठबन्धन मात्र?

प्रणालीगत सुधारको माग : प्रत्यक्ष निर्वाचित राष्ट्रपति

ट्टराईले देशलाई स्थायित्व दिन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गरेका छन्। वर्तमान संसदीय प्रणालीलाई "तमासा" भन्ने उनको टिप्पणी गम्भीर हो।

नेपालजस्तो बहुजातीय, बहुभाषिक, विभाजित समाजमा प्रत्यक्ष राष्ट्रपतिको मोडेलले स्थायित्व दिन सक्छ — तर यसको लागि गहिरो सार्वजनिक संवाद, संवैधानिक पुनर्लेखन र राजनीतिक सहमति आवश्यक हुन्छ। भट्टराईले देखाएको मोडल राम्रो लागे पनि, त्यसको कार्यान्वयन अहिलेको विभाजित राजनीतिक भूगोलमा कत्तिको सम्भव छ?

भूमिसुधार र कृषि अर्थतन्त्रको पुनर्संरचना

भट्टराईको अर्को केन्द्रीय मुद्दा हो — वैज्ञानिक भूमिसुधार। जमिनको स्वामित्व राज्य र समुदायमा, भोगाधिकार व्यक्तिमा भन्ने प्रस्ताव साहसी छ। यो तानाशाही साम्यवाद होइन, सामाजिक न्यायमा आधारित प्रणाली हो।

नेपालमा कृषि सुधारबिना समृद्धि सम्भव छैन। तर जमिन सुधारका नाममा विगतमा भएका असफल प्रयोगहरूले जनतामा शङ्का उत्पन्न गराएका छन्। अतः राज्यले कृषकलाई मल, बीउ, प्रविधि, वित्तीय सहुलियत दिनुपर्ने प्रस्ताव व्यवहारिक छ तर कार्यान्वयनमा स्पष्ट नीतिगत खाका देखिएको छैन।

शिक्षा र स्वास्थ्यमा सुधार होइन, व्यापार!

डा. भट्टराईको आलोचना शिक्षा क्षेत्रमा व्यापारीकरणका विरुद्ध छ। ‘निजी क्षेत्रले व्यापार गर्न पाउनु पर्छ’ भन्ने धारणा संविधानसँग मेल खान्न। शिक्षा परोपकार र नागरिक अधिकार हो भन्ने सन्देश उनी निरन्तर दिँदै आएका छन्।

तर विडम्बना, नयाँ शक्ति, विवेकशील, रास्वपाजस्ता वैकल्पिक भनिएका शक्तिहरूले समेत शिक्षा–स्वास्थ्यमा निजीकरणको खिलाफ बलियो नीति देखाउन सकेका छैनन्। त्यसैले यहाँ पनि वैकल्पिक शक्तिको चरित्र अझै स्पष्ट छैन।

विधिको शासन, प्रतिशोध र नैतिक प्रश्न

सरकारका तर्फबाट भइरहेको केही कानुनी कारबाहीहरूलाई लिएर “प्रतिशोधको गन्ध” आउन थालेको भट्टराईको भनाइ चित्त बुझ्दो छ। उनी भन्छन् — कारबाही होस् तर पारदर्शी होस्, नत्र विधिको शासनमा विश्वास कम हुन्छ।

आजको दिनमा मुद्दा परेको बित्तिकै "राजनीतिक षड्यन्त्र" भन्ने र नपरे "सफासुग्घर" भन्ने प्रवृत्तिको अन्त्य गर्नु जरूरी छ। भ्रष्टाचार र दण्डहीनताको अन्त्य वैकल्पिक शक्ति बन्नेहरूकै पहिलो परीक्षा हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

माडीमा बाघसँग मोटरसाइकल ठोक्किएपछि…

चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । ​गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...

आउन थाल्यो नेपाली आँप (तस्बिरहरू)

काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै उदाहरणीय बने मित्रबहादुर

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...

सशस्त्रका ७ डीआईजीको सरुवा, ७ को पदस्थापन, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो ।  जिल्ला कारागारका प्रमुख रवीन्द्र...

वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता

काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending