बेइजिङ । विश्वव्यापी तनाव व्यवस्थापनमा चीन ‘महत्वपूर्ण मध्यस्थकर्ता’ भएको इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा बताएका छन् ।
गत वर्षको अन्त्यमा बेइजिङको विशाल बेल्ट एण्ड रोड इनिसिएटिभबाट आफ्नो देशको बहिर्गमनका कारण चिसिएको सम्बन्धलाई ‘पुनः सुरु’ गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेलोनी करिब दुई वर्षअघि कार्यभार सम्हालेयता पहिलो पटक चीन भ्रमणका शिलशिलामा बेइजिङमा छन् । बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा सोमबार इटालीका प्रधानमन्त्री मेलोनीले सीसँग वार्ता गरेका छन् ।
“अन्तर्राष्ट्रिय स्तरमा असुरक्षा बढिरहेको छ र मलाई लाग्छ कि यी सबै गतिशीलतालाई सम्बोधन गर्न चीन अनिवार्य रूपमा एक महत्वपूर्ण मध्यस्थ वार्ताकार हो,” उनले सीसँग भने । उक्त अवसरमा स्थिरताको प्रत्याभूति कसरी गर्ने, शान्तिको प्रत्याभूति कसरी गर्ने भन्ने विषयमा दुई देशले मिलेर सोच्नुपर्ने उनले बताए ।
उनले चिनियाँ राष्ट्रपति सीसँग भने, “सबैभन्दा ठुलो कुरा हामीलाई स्थिर रहनका लागि हामीले काम गर्ने नियमको प्रणाली आवश्यक छ ।” सो अवसरमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ र रोमबिचको ‘लामो समयदेखि स्थापित मैत्रीपूर्ण’ सम्बन्धको प्रशंसा गरे ।
“दुवै पक्षले सहिष्णुता, पारस्परिक विश्वास र पारस्परिक सम्मान कायम राखेका छन् र प्रत्येकले आ–आफ्नो विकासको बाटो रोज्छन्,” उनले भने । चिनियाँ प्रधानमन्त्री ली कियाङसँग आइतबार भएको भेटमा मेलोनीले आफ्नो भ्रमणले द्विपक्षीय सहयोगलाई पुनः स्थापित गर्ने बताएका थिए । नेता द्वयले एक द्विपक्षीय कार्य योजनामा हस्ताक्षर गर्दै ‘व्यापारिक सम्बन्ध सन्तुलित र पारस्परिक लाभकारी छ भन्ने सुनिश्चित गर्नुपर्ने’ मा जोड दिएका थिए ।
दस्तावेजका अनुसार यसको अर्थ ‘कम्पनीहरूले निष्पक्ष प्रतिस्पर्धा र स्वतन्त्र व्यापारको भावनामा समान सर्तमा काम गर्न सक्दछन् ।” वार्ताका क्रममा लीले इटालीसँगको सम्बन्धलाई थप परिपक्व र स्थिर दिशामा अघि बढाउन बेइजिङ इच्छुक रहेको बताएका थिए ।
मेलोनीको प्रशासनले गत डिसेम्बरमा चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’बाट हात झिकेको थियो । पदभार ग्रहण गर्नुअघि मेलोनीले विदेशमा चीनको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य खम्बाका रूपमा रहेको यस पहलमा सामेल हुनु ‘गल्ती’ भएको बताएका थिए ।
बेल्ट एण्ड रोडमा सामेल भएपछि इटालीले चीनसँग गरेको गैर–बाध्यकारी समझदारीपत्रमा रसद, पूर्वाधार, वित्त र वातावरणमा सहयोगका लागि व्यापक प्रतिबद्धता समावेश गरिएको थियो । तर विवरणहरू दुर्लभ थिए र पारदर्शिताको अभावले इटालीका सहयोगीहरूबीच अविश्वास बढाएको थियो ।
मेलोनीको प्रशासनले संयुक्त राज्य अमेरिकापछि इटालीको दोस्रो ठूलो गैर–ईयू व्यापारिक साझेदार चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ । आइतबार एक व्यापारिक मञ्चमा लीसँगै बोल्दै मेलोनीले भन्नुभयो, “हाम्रो व्यापारिक सम्बन्ध सबैका लागि निष्पक्ष र लाभप्रद होस् भन्ने मैले चाहेको छु ।” रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: