काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।
जसमा झापा, बुद्धशान्ति गाउँपालिका-४ सट्टाभर्ना बस्ने २५ वर्षीय सम्बर राई र उनकै भाइ २३ वर्षीय सुरेन्द्र राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-६ बस्ने २९ वर्षीय प्रकाश केसीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-३ हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३ ग्राम सहित गोलबजार नगरपालिका-६ बस्ने २४ वर्षीय विनय सिंह र भारत घर भएका ३४ वर्षीय रोशन कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१- ००४ प ९९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै सुनसरी, ईनरुवा नगरपालिका-९ बबिया चोकबाट अवैध लागूऔषध गाँजा १ सय १५ किलो ७ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँघुरिगढी गाउँपालिका-१ बस्ने ३२ वर्षीय राम कुमार राई र २२ वर्षीय बुद्ध लिम्बु रहेका छन् ।
गाँजा बोकेको प्रदेश १-०२-००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी सशस्त्र प्रहरी बल नेपाल सुनसरीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले गाडीबाट ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक राम कुमार र गाडीमा सवार बुद्धलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २०:४९
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचार...
पौष ८ गते, २०८१ - २०:२४
झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । ...
पौष ८ गते, २०८१ - २०:१२
पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखर...
पौष ८ गते, २०८१ - २०:०३
काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् । एकीकृत समाजवादीमा ...
पौष ८ गते, २०८१ - १९:४९
डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो । नवदुर्गा गाउँपा...
पौष ८ गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...
पौष ८ गते, २०८१ - १९:२५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...
पौष ८ गते, २०८१ - १९:१९
काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...
पौष ८ गते, २०८१ - १८:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...
पौष ८ गते, २०८१ - १८:३६
बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प...
प्रतिकृया लेख्नुहोस्: