Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

विश्व बैंकद्वारा ‘मध्यम आयको जाल’ बाट बच्न मार्गचित्र प्रस्तुत

खबरडबली संवाददाता

एजेन्सी । विश्व बैंकले चीनलगायत एक सयभन्दा धेरै मुलुक ‘मध्यम आयको जाल’ मा प्रवेश गर्ने र धनी मुलुक बन्न असफल हुने जोखिममा रहेको बताएको छ । बिहीबार उच्च आयको अवस्थामा पुग्नका लागि ‘व्यापक मार्गचित्र’ अनावरण गर्दै बैङ्कले सो कुरा बताएको हो । 

आफ्नो २०२४ विश्व विकास प्रतिवेदनमा बैंकले भनेको छ, “सामान्यतया देशहरू यस्तो ‘जाल’ मा पर्छन जतिबेला उनीहरू प्रतिव्यक्ति वार्षिक अमेरिकी कूल गार्हस्थ्य उत्पादन (जिडिपी)  को करिब १० प्रतिशत अर्थात करिब आठ हजार डलरसम्म पुग्नेछन् । यसलाई अगाडि बढाउन कठिन साबित हुनसक्छ ।”

बैंकले विश्वको ७५ प्रतिशतभन्दा धेरै जनसङ्ख्याको प्रतिनिधित्व गर्ने एक सयभन्दा धेरै मुलुक हाल मध्यम आयका रूपमा वर्गीकृत भएकाले यो समस्यालाई सम्बोधन गर्न आगामी दशकहरूमा आर्थिक विकासका लागि महत्त्वपूर्ण साबित हुने बताएको छ । 

“विश्वव्यापी आर्थिक समृद्धिको लडाइँ मध्यम आय भएका मुलुकहरूमा धेरै हदसम्म जितिने छ वा हारिने छ”, ‘नयाँ दृष्टिकोण’ को आह्वान गर्दै विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले विज्ञप्तिमा भने, “पहिला लगानीमा ध्यान केन्द्रीत गर्नुहोस्, त्यसपछि विदेशहरूबाट नयाँ प्रविधिहरू इन्फ्युजनमा जोड दिनुहोस् र अन्त्यमा लगानी, इन्फ्युजन र नवीनतालाई सन्तुलन गर्ने तीन–स्तरीय रणनीति अपनाउनुहोस् ।”

उनले बढ्दो जनसाङ्ख्यिकीय, पारिस्थितिक र भू–राजनीतिक दबाबका साथ त्रुटिका लागि कुनै स्थान नभएको बताए । बैंकले दक्षिण कोरियालाई पूर्वविकासोन्मुख मुलुकको उदाहरणका रूपमा उल्लेख गरेको छ । दक्षिण कोरियाले सफलतापूर्वक उच्च आयको स्थितिमा पुग्नका लागि उक्त रणनीति प्रयोग गरेको थियो । 

“यदि तिनीहरू पुरानो रणनीतिमा कायम रहेभने अधिकांश विकासोन्मुख मुलुक यो शताब्दीको मध्यसम्म धेरै हदसम्म समृद्ध समाज बनाउने दौडमा पराजित हुनेछन्”, गिलले विश्व विकास प्रतिवेदनमा भन्नुभएको छ, “यो प्रतिवेदन लेख्ने टोलीले यो अङ्कगणितलाई आमूल परिवर्तन गर्ने आशा राखेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । गाउँपालिका– ४ का श्रवण यादवका १० वर्षीय छोरा आल...

स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तालाबन्दी

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ मा रहेको मुसीकोट खलङगा बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्वविय...

आपराधिक लाभ लिने व्यक्ति पक्राउ

काठमाडौं । आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । सर्लाही धनकौल गाउँपालिका–२ ठेगाना भई भक्त...

धनुषामा ४७७ किलो गाँजासहित एक पक्राउ

धनुषा । लक्ष्मिनीया गाउँपालिका–७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्रामसहित एकजना पक्राउ परेका छन् । मकवानपुर घर भएका २४ ...

काेशीमा उपचारकाे नाममा १३ करोड २८ लाख रकम बाँडिँदै

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ । ...

म्याग्दीको रातोढुङ्गा सबस्टेशन सञ्चालन

म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला ग...

दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद

काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले...

हुथी–सम्बद्ध चिनियाँ तेल प्रशोधन केन्द्रमाथि अमेरिकी प्रतिबन्ध

वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रश...

सुडानी राष्ट्रपति भवन आरएसएफबाट फिर्ता

खार्तूम । सुडानको सेनाले राजधानी खार्तूमस्थित राष्ट्रपति भवनलाई अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’ले शुक्रबार पुनः कब्जामा लिएको जनाएको छ । सेनाका ...

एलन मस्कको एक्सद्वारा सामग्री नियमनमा भारत सरकारविरुद्ध मुद्दा दर्ता

मुम्बई । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध मुद्दा दायर ग...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy