मकवानपुर । मकवानपुर प्रहरीले बिहीबार छुट्टाछुट्टै समयमा साढे ५१ किलो लागूऔषध गाँजासहित ३ जना मानिस र एउटा स्करपियो गाडी नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा एकजना भारतीय नगरिक र दुईजना नेपाली रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले बिहीबार बिहान साढे पाँच बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित चेकपोष्टमा प्रदेश ०३–००१ च २११६ नम्बरको स्करपियोमा सवार हेटौँडा ५ का ३४ वर्षीय बिनोद सेवा र हेटौँडा १३ घर भएकी ३५ वर्षकी सुनिता तामाङलाई गाँजा सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको उक्त स्करपियालाई रोकि खानतलासी गर्दा स्कारपियोको पछाडी भागमा लुकाई छिपाई ल्याइएको अवस्थामा ३३ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी बिहीबारै बिहान प्रहरीले हेटौँडा १५ रातोमाटे स्थित मुक्तान क्रसर अगाडी सडकमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको विआर ०५ पीवी ७३६४ नम्बरको अटोलाई रोकि जाँच गर्दा साढे १८ केजी गाँजासहित भारतीय नागरिक मुसादेव आलमलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक रिजालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८२ - २०:५३
काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटै मात्रै आर्थिक अनियमितता प्रमाणि गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् । शनिबार सचिवालयमार्फत भिडियो सार्व...
जेष्ठ ११ गते, २०८२ - २०:४४
इलाम । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गु...
जेष्ठ ११ गते, २०८२ - २०:३५
काठमाडौं । डोल्पामा यार्सा संकलन गर्न गएका दुई समूहबिच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । शनिबार दिउँसो डोल्पा जिल्ला ठुली भेरी नगरपा...
जेष्ठ ११ गते, २०८२ - २०:२६
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहे...
जेष्ठ ११ गते, २०८२ - १९:४४
उदयपुर । त्रियुगा नगरपालिकाका जनप्रतिनिधि फोहोरमैला व्यवस्थापनको काम छाडेर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । त्रियुगा नगरपालिकाको गाईघाट बजार क्ष...
जेष्ठ ११ गते, २०८२ - १९:४०
पर्सा । वीरगन्ज महानगरपालिका १७, अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपाल...
जेष्ठ ११ गते, २०८२ - १९:३६
काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ । त्रिभु...
जेष्ठ ११ गते, २०८२ - १९:३१
५८९ जनाकाे मृत्यु, दैनिक २७ वटा विपतका घटना घट्दै
जेष्ठ ११ गते, २०८२ - १९:२२
काठमाडौं । यही जेठ ११ र १२ गते सातवटै प्रदेशमा आयोजना हुने ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ ...
जेष्ठ ११ गते, २०८२ - १९:१८
काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गर...
प्रतिकृया लेख्नुहोस्: