गलकोट । निर्माण व्यवसायीले समयमै काम सकेको भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर यतिबेला सेवा दिइरहेको हुन्थ्यो । तर २ पटक म्याद थपेर पनि अहिलेसम्म भवनको काम ५० प्रतिशतमात्रै प्रगति भएको छ ।
बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल २ वर्षभित्र बनाउन ०७८ मा सम्झौता भएको थियो । बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी सम्झौता भए पनि काम आधा अधुरै छ । अस्पताल बनाउन थालेको ३ वर्ष भइसक्दा पनि भवनको दोस्रो ढलानमात्रै सकिएको छ ।
निर्माण व्यवसयीले भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको जनाउँदै आए पनि दुई पटक मिति थप्दासमेत भवन निर्माण आधा मात्रै सकिएको इन्जिनियर सोबिन घर्तीले बताए । बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि १२ करोड ८७ लाख रुपैयाँमा श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो ।
‘१५ श्याको नगर अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ, २०८० असारमा म्याद सकिएको थियो, एक वर्षलाई थपेको म्याद सकियो, पुनः एक वर्षलाई दोस्रोपटक म्याद थपिएको छ, काम बल्ल ५० प्रतिशत भएको छ, एकतला अझै ढालन गर्न बाँकी छ’, घर्तीले भने ।
स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको स्थानीय बालकृष्ण शर्माले बताए । निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउँदै वडा नं १३ का वडाध्यक्ष नारायण पौडेलले असारभित्रै अन्तिम तला ढलानको तयारी गरे पनि सडक मार्ग अवरुद्ध भएपछि कामदारले अस्पताल निर्माणको काम छाडेर घर गएको बताए ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुंगो नलागेको वडाध्यक्ष पौडेलले जानकारी दिए । ‘बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सदरमुकामको पहुँचबाट टाढा भएका कारण नगर अस्पताल यही बनाउने गरी काम थालेको थियो, ३ वर्षमा आधा काम हुँदा अझै कति वर्ष लाग्छ भन्ने जनतालाई आशंका छ’, वडाध्यक्ष पौडेलले भने ।
सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।
निर्माण व्यवसायका प्रतिनिधि नरेश ओझाले समयमै भुक्तानी नहुँदा र सडक बन्द हुँदा निर्माणमा ढिलाइ भएको दाबी गरे । साढे दुई करोड भुक्तानी गर्न राज्यले बाँकी रहेको बताउँदै भुक्तानी पाउँदासाथ काम गरेर सक्ने उनको भनाइ छ ।
बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: