Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

बागलुङ नगर अस्पताल भवन: म्याद सकियो, भवन अधुरै

खबरडबली संवाददाता

गलकोट । निर्माण व्यवसायीले समयमै काम सकेको भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर यतिबेला सेवा दिइरहेको हुन्थ्यो । तर २ पटक म्याद थपेर पनि अहिलेसम्म भवनको काम ५० प्रतिशतमात्रै प्रगति भएको छ ।

बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल २ वर्षभित्र बनाउन ०७८ मा सम्झौता भएको थियो । बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी सम्झौता भए पनि काम आधा अधुरै छ । अस्पताल बनाउन थालेको ३ वर्ष भइसक्दा पनि भवनको दोस्रो ढलानमात्रै सकिएको छ ।

निर्माण व्यवसयीले भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको जनाउँदै आए पनि दुई पटक मिति थप्दासमेत भवन निर्माण आधा मात्रै सकिएको इन्जिनियर सोबिन घर्तीले बताए । बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि १२ करोड ८७ लाख रुपैयाँमा श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो ।

‘१५ श्याको नगर अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ, २०८० असारमा म्याद सकिएको थियो, एक वर्षलाई थपेको म्याद सकियो, पुनः एक वर्षलाई दोस्रोपटक म्याद थपिएको छ, काम बल्ल ५० प्रतिशत भएको छ, एकतला अझै ढालन गर्न बाँकी छ’, घर्तीले भने ।

स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको स्थानीय बालकृष्ण शर्माले बताए । निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउँदै वडा नं १३ का वडाध्यक्ष नारायण पौडेलले असारभित्रै अन्तिम तला ढलानको तयारी गरे पनि सडक मार्ग अवरुद्ध भएपछि कामदारले अस्पताल निर्माणको काम छाडेर घर गएको बताए ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुंगो नलागेको वडाध्यक्ष पौडेलले जानकारी दिए । ‘बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सदरमुकामको पहुँचबाट टाढा भएका कारण नगर अस्पताल यही बनाउने गरी काम थालेको थियो, ३ वर्षमा आधा काम हुँदा अझै कति वर्ष लाग्छ भन्ने जनतालाई आशंका छ’, वडाध्यक्ष पौडेलले भने ।

सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्‍याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।

निर्माण व्यवसायका प्रतिनिधि नरेश ओझाले समयमै भुक्तानी नहुँदा र सडक बन्द हुँदा निर्माणमा ढिलाइ भएको दाबी गरे । साढे दुई करोड भुक्तानी गर्न राज्यले बाँकी रहेको बताउँदै भुक्तानी पाउँदासाथ काम गरेर सक्ने उनको भनाइ छ ।

बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending