Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

इलाममा निर्माण नसकिँदै झोलुङ्गे पुल हेर्नेको घुइँचो

खबरडबली संवाददाता

इलाम । पर्यटकीय गन्तव्यका लागि प्रमुख मानिएको इलाम नगरपालिका र देउमाइ नगरपालिकाबिच पुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुँदै पुल हेर्नेको घुइँचो लाग्न थालेको छ । 

पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका –६ र देउमाइँ नगरपालिका –६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ । तर निर्माण सम्पन्न नहुँदै दैनिक सयौँ मानिस पुल हेर्न र वारिपारि गर्न जाने गरेका छन् । 

शनिबार र अन्य सार्वजनिक बिदाको दिन त आठ–नौ सय मानिस यहाँ पुग्ने गरेको स्थानीय बुद्धिमान राईले बताए । इलाम चियाबारी बिचबाट पश्चिमतर्फ बाह्य बस्ती हुँदै पुग्न सकिने यो पुलमा निर्माण सम्पन्न नभई मानिसको भिडले जोखिम भने भइरहेको स्थानीयको भनाइ छ । 

त्यसै पनि लामो पुल, पुलको बिचभागमा पुगेपछि पुल हल्लिएर त्यहाँ पुगेका मानिसहरू अत्तालिने गरेको बताइएको छ । पारीपट्टि देउमाइँ नगरपालिकातर्फ पुलमुनि बिजुलीको पोल र तारनजिक छ । पुल मज्जाले हल्लियो भने बिजुलीको तार छुने र करेन्ट प्रवाह हुने सम्भावना रहेको अर्का स्थानीय हेम सुब्बाले बताए । 

पुलको निर्माण कार्य सक्न केही समय बाँकी रहेको र केही काम पनि बाँकी रहेको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए । ‘निर्माण सक्न बाँकी हुँदै मानिसको घुइँचोले जोखिम त छ, त्यहाँ भिड नियन्त्रणका लागि एक जना नगर प्रहरी पनि राखिएको छ ।’

प्रवक्ता दुलालले भने, ‘यो पुललाई इलाम नगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न खोजेको छ । यहाँ बन्जीजम्पको सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले केन्द्रमा आग्रह गरिरहेको छ । अब केही समयमा निर्माण सम्पन्न पनि हुन्छ होला ।’ अहिले इलाम नगरपालिकासहित इलाम सदरमुकाम आइपुग्ने मानिसहरू यो पुल हेर्न सेतीदेवी मन्दिरनजिक पुवाखोला पुग्ने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending