Ntc summer Offer
Khabar Dabali २ असार २०८२ सोमबार | 16th June, 2025 Mon
Investment bank

वर्षाैदेखि पानीकाे समस्या भाेगेका ज्यामरुककोटवासी ट्याङ्की हेरेरै चित्त बुझाउँछन्

खबरडबली संवाददाता

म्याग्दी  । खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका –२ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा थिए । तर आशा निराशामा परिणत भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९–८० मा ज्यामरुककोटका दुईसय ५० घरधुरीमा ‘एक घर एक धारा’ योजनाअनुसार ज्यामरुककोट–ठूलो खोला राताभिर लिफ्ट खानेपानी योजना संचालन गरेको थियो । ठूलो खोलाबाट लिफ्टिङ प्रविधिबाट गाउँको शिरमा रहेको ज्यामरुककोटको डाँडामा निर्माण गरिने ट्याङ्कीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना थियो ।  

योजनामा पहिलो वर्ष एउटा मात्र पानी संकलन गर्ने ट्याङ्की  निर्माण भएको वडाध्यक्ष यामबहादुर कार्कीले बताए । वडाको भकुण्डे, फापरखेत र अर्जमको ठुलो वस्तीलाई खानेपानी सुविधा विस्तारका लागि योजना सञ्चालन भए पनि रकम अभावमा कार्यन्वयनमा समस्या भएको उनको भनाइ छ । 

योजनाको कुल लागत १० करोड ९४ लाख ८० हजार  रुपियाँ रहेकोमा पहिलो वर्ष ४५ लाख रुपियाँ खर्च गरेर उपभोक्ता समितिमार्फत दुईसय घनमिटर पानी संकलन ट्याङ्की निर्माण गरिएको थियो । 

योजना सञ्चालन भएको एक वर्षपछि आर्थिक वर्ष २०८०–८१ मा संघीय खानेपानीबाट योजना कार्यान्वयनका लागि गण्डकी प्रदेश सरकार मातहतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमा हस्तान्तरण भएको छ ।   

गत आर्थिक वर्षमा उक्त कार्यालयले योजना कार्यन्वयन गर्न सकेन । योजना कुल लागत ठुलो भएको र प्रयाप्त मात्रामा बजेट विनियोजन नभएकाले योजना कार्यान्वयनमा समस्या भएको कार्यालयको भनाइ छ ।  

चालु आर्थिक वर्षमा उक्त योजना फेरि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मातहत आएको कार्यालयका इन्जिनियर नविन सुवेदीले बताउए । ठुलो लागतका योजनाहरु स्विकृत गर्ने तर न्यून बजेट पठाउने प्रवृत्तिले योजना कार्यन्वयनमा समस्या भएको इन्जिनियर सुवेदीले बताए । 

यो योजनाको अघिल्लो आर्थिक वर्षकै १५ लाख रुपियाँ भूक्तानी गर्न बाँकी छ, उनले भने, ‘‘चालु आर्थिक वर्षका लागि ५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । यसरी योजना कार्यन्वयन गर्न समस्या हुन्छ ।’’ 

हिउँदका ६ महिना पिउने पानीको समस्यालाई समाधान गर्न लिफ्टिङ प्रविधिको योजना माग गरेको तर सम्बन्धित निकायबाट आवश्यक मात्रामा बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको वडाध्यक्ष कार्कीले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ...

वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व  सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक ल...

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल अघि बढाउने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उ...

कुन प्रदेश सरकारले कति ल्याए बजेट ?

काठमाडौं । प्रदेश सरकारले बजेट ल्याएका छन् । संवैधानिक व्यवस्था अनुसार ७ वटा प्रदेशले आइतबार बजेट ल्याएका हुन् । संवैधानिक व्यवस्था अनुसार संघले जे...

आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?

काठमाडौं।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फल...

आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशकाे मुद्रा कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ ...

हुम्लाको उनापानी गाउँमा आगलागी, ८ घर जलेर नष्ट

 हुम्ला । सर्केगाड गाउँपालका–३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आगलागी बाट सर्क...

मध्यरातिमा ल्यायो कर्णाली प्रदेशले ३३ अर्बको बजेट

सुर्खेत । २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढाइएको यो बजे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending