Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

‘जोगिन्दर’ले ल्याए गाइजात्रे झटारो ‘ठग-ठाग कम्पनी’

खबरडबली संवाददाता

काठमाडौं। हास्य र ब्याङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक बर्ष विभिन्न हास्यब्यङ्ग्य सामाग्री भित्रिने गर्दछ । यस्तैमा लोकप्रिय कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाइजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कमेडी ‘ठग-ठाग कोसेली’ ल्याएका छन्। दर्शक तथा स्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र बिकृति बिसंगतीमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उदेश्यले उनले ‘ठग-ठाग कोसेली’ ल्याएका हुन्।

बिगत २२ बर्षदेखि नियमित नियमित ब्याङ्ग्यका कोसेली दिर्दै आएका जोगिन्दरको ‘ठग-ठाग कोसेली’ ओएसआरको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो। अहिलेको राजनीतिक घटनाक्र, सामाजिक बिकृति बिसंगतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई उनले ‘ठग(ठाग कोसेली’मा ब्याङ्ग्यको मसला बनाएका छन्।

लेखन, निर्देशन, प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘ठग(ठाग कोसेली’मा प्यारोडी पनि छ। यसपटक उनले ‘काले केटाले’ भन्ने चर्चित गीतमा प्यारोडी बनाएका छन्। गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारेका छन्।

रिजालको ‘ठ( ठाग कम्पनी’ २२औं कोसेली हो। गतवर्ष उनले ‘लुछाचुँडी’ ल्याएका थिए। जोगिन्दरको ‘ठग-ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल रहेका छन्। ‘ठग-ठाग कम्पनी’को पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए। ‘अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भने ‘बर्षेनी दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ।’ दर्शकको मायाले गर्दा पनि यो बर्षपनि गाईजात्रे कमेडीमा निरन्तरता दिएको रिजालको भनाइ छ। ‘हरेक बर्ष झै यो बर्ष पनि दर्शकले माया दिनुहुन्छ भन्ने बिश्वास छ’, रिजालले थपे।

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्याङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन्। शिवशंकर अहिले ‘नाचघरमा आयोजना हुने ‘गाईजात्रा कार्यक्रम’को तयारी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: