कर्णाली। सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी रु १५ अर्ब पुगेको छ ।
दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए । ती सहकारीको सेयर पुँजी रु एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत रु आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ छ । रु ११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा रु ७१ करोड ४२ लाख ६८ हजार रहेको उनले बताए ।
रजिष्ट्रार सुवेदीका अनुसार सहकारीबाट यहाँका एक हजार पाँच सय जनशक्तिले रोजगारी प्राप्त गरेका छन् । कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतका एक सय दुई, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उनले जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ५ गते, २०८२ - १२:४६
काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्...
भाद्र ५ गते, २०८२ - १२:१३
कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?
भाद्र ५ गते, २०८२ - ११:१७
काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको...
भाद्र ५ गते, २०८२ - १०:५५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चे...
भाद्र ५ गते, २०८२ - १०:४८
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको स...
भाद्र ५ गते, २०८२ - १०:३६
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेट...
भाद्र ५ गते, २०८२ - १०:१७
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिएको छ। यस क्षेत्रका विभिन्न मेला–पर्वका अवसरमा झाँक्री नाच ...
भाद्र ५ गते, २०८२ - १०:१४
सर्लाही । सरकारले ल्याउन खोजेको बहुविवाहसम्बन्धी कानुनलाई लिएर सर्लाहीमा सुरु भएको धर्नाले मुलुकभर बहसलाई चर्काएको छ। महिला अधिकारकर्मीहरूले मलंगवामा ...
भाद्र ५ गते, २०८२ - ००:३६
काठमाडौं । महिलाहरूको यौन चाहना बुझ्ने विषयमा समाजमा अझै पनि स्पष्ट समझ र संवादको कमी देखिन्छ। परम्परागत रूपमा यो विषय ‘लाज’ वा ‘निजी’ रूपमा लिइँदा ...
भाद्र ५ गते, २०८२ - ००:२५
उपसभामुख विवाद कि गुटगत शक्ति प्रदर्शन ?
प्रतिकृया लेख्नुहोस्: