काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ पदमा रहिरहने या नरहने उनको कामले निर्धारण गर्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले आफूले मन्त्रालयको नेतृत्व गरेको तीन हप्ता मात्र भएकोले खेलकुदका हरेक गतिविधिलाई अनुसन्धान गरिरहेको बताए ।
‘‘सरकार परिवर्तन हुनासाथ राखेपको सदस्य सचिव फेर्नुपर्छ भन्ने हुन्न । सदस्य सचिव पदमा रहने वा नरहने भन्ने कुरा उनको कामले निर्धारण गर्नेछ । मैले राखेपको कामलाई सूक्ष्म हिसाबले हेरिरहेको छु । अहिले तत्काल कसैको मूल्याङ्कन गरिहाल्ने समय भएको छैन । बिस्तारै हेर्दै जान्छु । खेलकुदमा खेलाडीको हित र भौतिक संरचनाको विकासलाई हितमा राखेर काम गर्ने हो,’’ मन्त्री चौधरीले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको विकासलाई विशेष चासो दिएकोले सोही बमोजिम सबैले काम गर्न आवश्यक रहेको पनि बताए । ‘‘खेलकुदमा प्रधानमन्त्रीको आफ्नै प्रतिबद्धता छ । क्रिकेट खेलाडीसँग भर्खर छलफल भएको छ । तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानको फर्ड लाइट सहित निर्माण सक्ने योजना छ । सोही अनुसार काम अगाडि बढाइएको छ । कीर्तिपुर मैदानका लागि त्रिवि र खेलकुदबिचको सम्झौता २०८२ सालसम्म मात्र छ । मैदान निर्माण गर्नुअघि करायौँ खर्च हुनेभएकोले त्रिविसँग नयाँ सम्झौता समेत गर्नुपर्ने आवश्यकता छ । राखेपका सदस्य सचिवलाई सोही अनुसार भनिरहेको छु । सचेत पनि गराई रहेको छु । अब उनि कहिलेसम्म सदस्य सचिव बन्ने हो, उनको कामले निर्धारण गर्नेछ,’’ मन्त्री चौधरीले भने ।
उनले भने, ‘‘कीर्तिपुर मैदानको निर्माणका लागि यसअघि चार पटकसम्म टेन्टर खोल्दै र रद्ध गर्दै आएको कुराले भित्र भित्रै केही त्रुटि पक्कै भएको छ । फेरी पनि उही मान्छे टेन्डर हाल्न आउँछन् भन्ने मलाई लागेको छ । मैलै त्यस्ता त्रुटिको पनि खोजी गरिरहेको छु ।’’
मन्त्री चौधरीले विगत हेर्दा राखेप र खेलकुदबाट सन्तुष्ट हुन नसकेको पनि बताए । ‘‘खेलकुदको ८५ प्रतिशत बजेट राखेपमा जान्छ । म आफै खेलाडीबाट आएको व्यक्ति हुँ । खेलकुद सङ्घमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको नाममा हुने राजनीति, खेलाडीको पलायन, राखेपमा ठुलो धनराशिको बेरुजु, एउटै सङ्घमा चालिस वर्षसम्म रहिरहने पदाधिकारी प्रवृत्ति उदेक लाग्दो छ । कतिपय खेल सङ्घमा त मेरो आफ्नै साथी पनि छन् । सायद विदेश जाने र केही पैसा कमाउने मोहले होला । ओलम्पिक र ठुला खेलकुदमा खेलाडीभन्दा पदाधिकारी जानु अर्को लाजमर्दो छ । म सबै पक्षलाई नियाली रहेको छु,’’ मन्त्री चौधरीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: