काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ पदमा रहिरहने या नरहने उनको कामले निर्धारण गर्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले आफूले मन्त्रालयको नेतृत्व गरेको तीन हप्ता मात्र भएकोले खेलकुदका हरेक गतिविधिलाई अनुसन्धान गरिरहेको बताए ।
‘‘सरकार परिवर्तन हुनासाथ राखेपको सदस्य सचिव फेर्नुपर्छ भन्ने हुन्न । सदस्य सचिव पदमा रहने वा नरहने भन्ने कुरा उनको कामले निर्धारण गर्नेछ । मैले राखेपको कामलाई सूक्ष्म हिसाबले हेरिरहेको छु । अहिले तत्काल कसैको मूल्याङ्कन गरिहाल्ने समय भएको छैन । बिस्तारै हेर्दै जान्छु । खेलकुदमा खेलाडीको हित र भौतिक संरचनाको विकासलाई हितमा राखेर काम गर्ने हो,’’ मन्त्री चौधरीले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको विकासलाई विशेष चासो दिएकोले सोही बमोजिम सबैले काम गर्न आवश्यक रहेको पनि बताए । ‘‘खेलकुदमा प्रधानमन्त्रीको आफ्नै प्रतिबद्धता छ । क्रिकेट खेलाडीसँग भर्खर छलफल भएको छ । तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानको फर्ड लाइट सहित निर्माण सक्ने योजना छ । सोही अनुसार काम अगाडि बढाइएको छ । कीर्तिपुर मैदानका लागि त्रिवि र खेलकुदबिचको सम्झौता २०८२ सालसम्म मात्र छ । मैदान निर्माण गर्नुअघि करायौँ खर्च हुनेभएकोले त्रिविसँग नयाँ सम्झौता समेत गर्नुपर्ने आवश्यकता छ । राखेपका सदस्य सचिवलाई सोही अनुसार भनिरहेको छु । सचेत पनि गराई रहेको छु । अब उनि कहिलेसम्म सदस्य सचिव बन्ने हो, उनको कामले निर्धारण गर्नेछ,’’ मन्त्री चौधरीले भने ।
उनले भने, ‘‘कीर्तिपुर मैदानको निर्माणका लागि यसअघि चार पटकसम्म टेन्टर खोल्दै र रद्ध गर्दै आएको कुराले भित्र भित्रै केही त्रुटि पक्कै भएको छ । फेरी पनि उही मान्छे टेन्डर हाल्न आउँछन् भन्ने मलाई लागेको छ । मैलै त्यस्ता त्रुटिको पनि खोजी गरिरहेको छु ।’’
मन्त्री चौधरीले विगत हेर्दा राखेप र खेलकुदबाट सन्तुष्ट हुन नसकेको पनि बताए । ‘‘खेलकुदको ८५ प्रतिशत बजेट राखेपमा जान्छ । म आफै खेलाडीबाट आएको व्यक्ति हुँ । खेलकुद सङ्घमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको नाममा हुने राजनीति, खेलाडीको पलायन, राखेपमा ठुलो धनराशिको बेरुजु, एउटै सङ्घमा चालिस वर्षसम्म रहिरहने पदाधिकारी प्रवृत्ति उदेक लाग्दो छ । कतिपय खेल सङ्घमा त मेरो आफ्नै साथी पनि छन् । सायद विदेश जाने र केही पैसा कमाउने मोहले होला । ओलम्पिक र ठुला खेलकुदमा खेलाडीभन्दा पदाधिकारी जानु अर्को लाजमर्दो छ । म सबै पक्षलाई नियाली रहेको छु,’’ मन्त्री चौधरीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: