Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

कोरियाली पारिवारिक पुनर्मिलनका लागि वार्ता सुरु

\"Koreaa\"सोल । उत्तर र दक्षिण कोरियाबीचको पारिवारिक पुनर्मिलनका लागि दुवै देशबीच वार्ता सुरु भएको छ । दुवै मुलुकका परिवारलाई पुनर्मिलन गराउन उत्तर र दक्षिण कोरियाका रेडक्रस अधिकारीहरुले पहल लिएका छन् । सोलबाट प्राप्त समाचारहरु अनुसार परिवार पुनर्मिलन कार्यक्रमले सोमबारदेखि विधिवत शुरुवात गर्नेछ । कोरियाली युद्वका कारण यी दुई देश अलग बनेका थिए । देश छुट्टिएर उत्तर र दक्षिण बन्दा आ आफ्नो देशमा परेपछि परिवार नै छुट्टिएर बस्नु परिरहेको छ । सोही कारण अलग भएर बसेका परिवारका सदस्यहरुका लागि यो पुनर्मिलनको आयोजना हुन लागेको हो । यस वार्ताका लागि दुई हप्ताअघि दुवै कोरियाका अधिकारीहरुले अनुमति दिएका थिए । विगतका महिनाहरुमा भने यी दुई कोरियाबीच आन्तरिक द्वन्द्व चर्केको थियो । जसका कारण यस वार्ता पनि हुन सकेको थिएन । दुई देशबीच सीमा क्षेत्रमा सैनिकबीच झडप एवम् गोली हानाहान पनि भएको थियो । साथै पछिल्लो समयमा विभिन्न कारणले बढ्दो विवादका कारण यो पुनर्मिलन वार्ता हुन सकेको थिएन । सोमबारको वार्ताको मुख्य उद्देश्य उक्त मिलनका लागि समय र स्थानको छनोट गर्नु हो । उत्तर र दक्षिण कोरियाली रेडक्रसका अधिकारीहरु सो वार्तामा सहभागि रहेका छन् । यी दुई कोरियाको विभाजनका लागि सन् १९५० देखि १९५३ सम्म तीन वर्षसम्म भएको क्रान्तिका क्रममा दशौँ लाख नागरिक अलग्गिएर बस्नुपरेको थियो । त्यसपछि लगत्तै उत्तर र दक्षिण कोरिया नै बनेको र यसका कारण एकै परिवारका पनि कुनै सदस्य उत्तर र कुनै दक्षिणमा परेका थिए । परिवार र आफन्तहरु नै अलग अलग देशमा परेपछि उनीहरु त्यसरी नै बस्दै आएका छन् । यसरी छुट्टिएर बस्नुपरेका सदस्यका लागि यी दुई देशले समय समयमा पुनर्मिलन कार्यक्रम राख्ने गरेका हुन् । यसरी राखिने समारोहमा उनीहरुले आफन्तलाई भेट्ने र एक दिनका लागि सँगै बस्ने अवसर पाउने गर्छन् । करिब ६६ हजार दक्षिण कोरियाली नागरिक उत्तरबाट छुट्टिनुपरेको र उनीहरु दक्षिणकै नागरिकका रुपमा बसिरहेका छन् । हाल उनीहरु ८० र ९० वर्षको हाराहारी उमेरका छन् । तर पनि ती सबैलाई यो कार्यक्रममा सहभागी हुन भने दिइंदैन । उनीहरुमध्येका केही सयलाई मात्र यस पुनर्मिलनमा सहभागी हुन दिइन्छ । यो पारिवारिक विछोडको क्षण भएकोले यस कार्यक्रमको सहभागिता अत्यन्तै पीडादायक हुने अधिकारीहरुको भनाई छ । यसरी वर्षौँपछि भेट हुन पाउदा उनीहरु एक आपसमा अङ्कमाल गर्ने, रुनै कराउने र छोड्नै नमान्ने हुन्छ । यस पटकको यो भेटघाटको स्थान उत्तर कोरिया हुने अनुमान गरिएको छ । उक्त स्थान दुवै देशका तर्फबाट निश्चित भएपछि दक्षिणका केही सयमात्र ती नागरिकलाई सो स्थानमा लगिन्छ । रासस/एएफपी
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending