Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पागल भएको छैन, त्यसैले अध्यक्ष मै हुँ- पशुपति शमशेर जबरा

\"Pashupathiभक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले विधानसम्मत आफू पागल भएमा, राजिनामा दिएमा अथवा मृत्यु भएमामात्र अध्यक्ष पदबाट हटाउन सक्ने प्रावधान रहेकाले अहिले आफू पागल समेत नभएको बताउँदै आफू नै अध्यक्ष भएको दाबी गरेका छन् । आइतबार पूर्व प्रधानमन्त्री तथा पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले जबरालाई हटाउँदै आफू अध्यक्ष भएको घोषणा गरेपछि उनले त्यसको प्रतिवादमा आफू नै अध्यक्ष भएको दाबी गरेका हुन् । रफत सञ्चर क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै जबराले भने– ‘अहिलेसम्म न त म पागल भएको छु, न त मलाई पार्टीको विशेष साधारणसभाले हटाएको छ, न मैले राजिनामा दिएको छु अनि पार्टी अध्यक्ष मै हुँ ।’ जबराले चन्द पक्षले बहुमत रहेको विषय हल्ला र प्रचार मात्र भएको बताए । उनले बिधान बिपरित गएर काम गरेका १६ सदस्यहरुलाई पार्टीले निष्काशन गरिएको र मन्त्री सुनिल थापालाई फिर्ता बोलाउने प्रक्रिया सहित प्रधानमन्त्री कार्यालयलाई जानकारी गराई सकेको पत्रकारलाई जानकारी गराए । उनले लोकेन्द्र बहादुर चन्द र प्रकाशचन्द्र लोहनीले हाल आएर नयाँ नाटक देखाएको बताएका छन् । जसमा सुनिल थापाको समेत सहभागिता रहेकाले उनलाई मन्त्रीबाट फिर्ता बोलाईएको उनले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीमा चक्रिय प्रणालीका बारे कतै उल्लेख नभएको र चन्द पक्षले हल्ला गर्दै पार्टीलाई चीरा पार्ने काम गरेको भन्दै जबराले पार्टीको केन्द्रिय समितिको बठैक पश्चात उनीहरुलाई पनि कारवाहि गरिने बताए । उनले संविधान जारीका विषयमा पछिल्लो समय जसरी सिमांकन र नामांकनलाई लिएर थारुहट र मधेशमा आन्दोलन भएको छ जायज मागहरुको पहिचान गरि सम्बोधन गरिनु पर्ने उनको टिप्पणी थियो । संविधान जारी गर्न जसरी चार दलले भूमिका खेल्नु पर्ने हो त्यसो हुन नसक्दा समस्या बढ्दै गएको र यस्तै परिस्थिति रहेमा संविधान जारी पश्चात पनि देशले द्वन्द्व भोग्नु पर्ने भएकाले बेलैमा चार दलका नेताहरुलाई दुरगामी सोचका साथ संविधान जारी तर्फ अग्रसर बन्न आग्रह गरे ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending