Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

ट्रम्पको ‘भीड अभियान’ लाई जित्दै ह्यारिसको निर्वाचन अभियान

खबरडबली संवाददाता

संयक्त राज्य अमेरिका। फिलाडेल्फियामा आफ्ना मन पर्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसका कुरा सुन्न करिब १४ हजार मतदाता चुनावी सभामा सहभागी भएको एक दिनपछि बुधबार विस्कन्सिनको इउ क्लेयरमा भएको प्रदर्शनमा हजारौँ समर्थकको सहभागितामा करिब एक किलोमिटरभन्दा बढी लामो भीड भेला गरी यस पहिले रिपब्लिकन पार्टीका नेता ट्रम्पले निर्वाचनमा आफूप्रतिको अमेरिकी जनताको आकर्षण पुष्टि गर्ने गरेको एउटा प्रमुख आधारलाई चुनौती दिन सफल भएको छिन् ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानका कार्यक्रमहरूमा यस्तो सहभागिता सामान्य मानिन्छ तर यी उत्तेजक र आक्रामक नाराबाजीसहितको जुलुस पूर्वराष्ट्रपति ट्रम्पका लागि नभई वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको अभियानको समर्थनमा निकालिएको थियो । ह्यारिस अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ट्रम्पको प्रतिद्वन्द्वी छन्।

कार निर्माण कम्पनी  स्टेलान्टिसमा काम गर्ने ४६ वर्षीया किना जोनसनले बुधबार मिशिगनको डेट्रोइटस्थित एक एयरफिल्डमा एएफपीसँग भने, “सबै जना साँच्चिकै चुनावी प्रचारप्रसारका लागि भेला भएका हुन् ।”

जोनसनले डेमोक्र्याटहरूको चुनावी र्‍यालीबारे भने, “मलाई लाग्छ उनीहरू अझ धेरै सकारात्मक हुनेछन् । अहिले एक महिलाका लागि यो राम्रो कुरा हो, यसले महिलाप्रतिको विश्वासका लागि इतिहास रचिरहेको छ ।”

मिनेसोटाका गभर्नर वाल्ज, मिशिगनमा समर्थकहरूको मानवसागर देखेर दङ्ग देखिन्थे । अभियानका अधिकारीहरूले यसलाई १५ हजार सहभागी भएको जुलुस बताए भने वाल्जले यसलाई ‘अभियानको सबैभन्दा ठूलो र्‍याली’ भएको दाबी गरे ।

बाराक ओबामाको शासनकालमा डेमोक्र्याटिक पार्टीको राजनीतिक कार्यक्रममा भाग लिने थुप्रै अमेरिकीहरूको सहभागिता सामान्य हुन्थ्यो तर पछिका डेमोक्र्याटिक उम्मेदवारका लागि यो विरलैको घटना थियो । एक चमत्कारिक अश्वेत युवा उम्मेदवार ओबामाले राष्ट्रपति बन्नका लागि अवरोधहरू तोडेको थिए।

ओबामा र ट्रम्पपछिका दर्जनौँ वर्षमा यो दुर्लभ भएको छ । सङ्ख्याको खेलको बारेमा तीव्र रूपमा सचेत र ठूलो भीडलाई व्यापक समर्थनसँग जोडिन्छ ।

राष्ट्रपति चुनाव हुनुभन्दा तीन महिना कम समय रहँदा ह्यारिस र वाल्जले डेमोक्र्याटिक पार्टीको आधारमार्फत उत्साहको झट्का पठाउँदा ट्रम्पको चुनाबी सभामा हुने भीड र त्यसको समर्थकमा पर्ने लाभलाई ओझेलमा पारेको छ ।

यसले राष्ट्रपति जो बाइडेनले यो चुनावी चक्रमा कोरेको सानो चार्टमा शान्त भीडको तुलनामा उपस्थित सङ्ख्यालाई विशाल देखाइएको छन् ।

बाइडेन र सन् २०१६ का उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पको विशाल र उत्तेजक ‘रोड शो’सँग कहिल्यै प्रतिस्पर्धा गर्न सक्नुभएको थिएन । ट्रम्पले यसपहिले अत्यधिक भीड, अराजक शब्द र उत्तेजक समर्थकहरूलाई अग्रपङ्क्तिमा उभ्याएर धेरै स्थानमा विजय सुनिश्चित गर्न रातारात अभियान गरिरहेको थिए। तर बाइडेन यस वर्षको दौडबाट बाहिरिएपछि ट्रम्पकी नयाँ प्रतिद्वन्द्वीले प्रदर्शनको खेलमा रिपब्लिकन नेतालाई चुनौती दिन आफू सक्षम रहेको देखाएको छ ।

ह्यारिसले गत हप्ता जर्जियाको एटलान्टामा १० हजारको दर्शक क्षमताको रङ्गशालामा भरिभराउ दर्शकलाई सम्बोधन गर्नुभएको थियो । उनले भीडलाई उत्तेजित गर्न दुई हिप–हप स्टारहरूको घोषणा गरेको छन् ।

त्यसको चार दिनपछि पूर्वराष्ट्रपति ट्रम्पले सोही स्थानमा समान आकारको भीडसहित र्‍याली निकालेको र तुरुन्तै व्यङ्ग्यात्मक रूपमा टिप्पणी गर्दै ‘क्रेजी कमला’ र उनको ‘धेरै खाली सिट’ बारे उल्लेख गरेको थिए ।

ट्रम्पले भीडलाई सम्बोधन गर्दै भन्नुभयो, “मलाई मनोरन्जनकर्ताको आवश्यकता छैन । म स्टेडियम भर्छु किनभने म अमेरिकालाई फेरि महान् बनाउँदैछु । यो हाम्रो मनोरञ्जन हो ।”

युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनका राजनीतिका प्राध्यापक ब्यारी बर्डनले एएफपीसँग भन्नुभयो, “ट्रम्पका समर्थकका लागि यो चिन्ताको विषय बनेको छ भने ह्यारिसका लागि गर्वको । ह्यारिसका जुलुसहरूले सन् २०२० मा बाइडेन र सन् २०१६ मा क्लिन्टनको तुलनामा धेरै ठुलो भीडलाई आकर्षित गरेको छ ।

यस्तो स्पष्ट समर्थनले ट्रम्प मतदाताहरूलाई सन् २०२० को निर्वाचन परिणामको वैधताको बारेमा शङ्कालाई बढावा दिएको छ ।

“ह्यारिसले ट्रम्पका पूर्ववर्ती प्रतिद्वन्द्वीको भन्दा बढी भीडसँग कुरा गरिरहेकी छिन्, ट्रम्पलाई ‘लाभको उम्मेदवार’ मान्नुको यो तर्क हराउँदै जान्छ,” बर्डनले भने।

ट्रम्पले आफ्नो राजनीतिक जीवनको सुरुवातदेखि नै यस्ता फाइदा उठाउँदै आएको छन् । सन् २०१५ मा उनको अभियानमा सहभागी हुन अलाबामाको एक फुटबल रङ्गशालामा ३० हजार मानिस भेला भएका थिए ।

राष्ट्रपतिको रूपमा उनी ‘एयर फोर्स वन’लाई अभियानको अन्तिम सहाराको रूपमा प्रयोग गरेको थिए । उनको र्‍यालीमा गर्जन र उत्तेजित समर्थकहरूले सेल–फोनले तस्वीरहरू खिचिरहँदा उनी ‘सिनेमाको हिरोजस्तो’ विमानबाट बाहिर निस्किएको थिए ।

तर बुधबार ह्यारिसले ट्रम्पको चुनावी अभियानको नक्कल गर्दै उपराष्ट्रपतिको जेट एयर फोर्स टुमा डेट्रोइटको र्‍यालीमा पुगेको थिए । ट्रम्पले देशभक्तिपूर्ण प्रतीकात्मक बजारलाई समात्न खोज्दै अझै पनि अभियानको ‘अर्जुनदृष्टि’ उनको अमेरिका पहिलो भन्ने नारामा सीमित छ ।

तथापि ह्यारिसको कर्कश फिलाडेल्फिया र्‍यालीमा पनि यस्तै आवाज सुनिएको थियो, जुन बाइडेनका कार्यक्रमहरूमा विरलै भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending