Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ट्रम्पको ‘भीड अभियान’ लाई जित्दै ह्यारिसको निर्वाचन अभियान

खबरडबली संवाददाता

संयक्त राज्य अमेरिका। फिलाडेल्फियामा आफ्ना मन पर्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसका कुरा सुन्न करिब १४ हजार मतदाता चुनावी सभामा सहभागी भएको एक दिनपछि बुधबार विस्कन्सिनको इउ क्लेयरमा भएको प्रदर्शनमा हजारौँ समर्थकको सहभागितामा करिब एक किलोमिटरभन्दा बढी लामो भीड भेला गरी यस पहिले रिपब्लिकन पार्टीका नेता ट्रम्पले निर्वाचनमा आफूप्रतिको अमेरिकी जनताको आकर्षण पुष्टि गर्ने गरेको एउटा प्रमुख आधारलाई चुनौती दिन सफल भएको छिन् ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानका कार्यक्रमहरूमा यस्तो सहभागिता सामान्य मानिन्छ तर यी उत्तेजक र आक्रामक नाराबाजीसहितको जुलुस पूर्वराष्ट्रपति ट्रम्पका लागि नभई वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको अभियानको समर्थनमा निकालिएको थियो । ह्यारिस अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ट्रम्पको प्रतिद्वन्द्वी छन्।

कार निर्माण कम्पनी  स्टेलान्टिसमा काम गर्ने ४६ वर्षीया किना जोनसनले बुधबार मिशिगनको डेट्रोइटस्थित एक एयरफिल्डमा एएफपीसँग भने, “सबै जना साँच्चिकै चुनावी प्रचारप्रसारका लागि भेला भएका हुन् ।”

जोनसनले डेमोक्र्याटहरूको चुनावी र्‍यालीबारे भने, “मलाई लाग्छ उनीहरू अझ धेरै सकारात्मक हुनेछन् । अहिले एक महिलाका लागि यो राम्रो कुरा हो, यसले महिलाप्रतिको विश्वासका लागि इतिहास रचिरहेको छ ।”

मिनेसोटाका गभर्नर वाल्ज, मिशिगनमा समर्थकहरूको मानवसागर देखेर दङ्ग देखिन्थे । अभियानका अधिकारीहरूले यसलाई १५ हजार सहभागी भएको जुलुस बताए भने वाल्जले यसलाई ‘अभियानको सबैभन्दा ठूलो र्‍याली’ भएको दाबी गरे ।

बाराक ओबामाको शासनकालमा डेमोक्र्याटिक पार्टीको राजनीतिक कार्यक्रममा भाग लिने थुप्रै अमेरिकीहरूको सहभागिता सामान्य हुन्थ्यो तर पछिका डेमोक्र्याटिक उम्मेदवारका लागि यो विरलैको घटना थियो । एक चमत्कारिक अश्वेत युवा उम्मेदवार ओबामाले राष्ट्रपति बन्नका लागि अवरोधहरू तोडेको थिए।

ओबामा र ट्रम्पपछिका दर्जनौँ वर्षमा यो दुर्लभ भएको छ । सङ्ख्याको खेलको बारेमा तीव्र रूपमा सचेत र ठूलो भीडलाई व्यापक समर्थनसँग जोडिन्छ ।

राष्ट्रपति चुनाव हुनुभन्दा तीन महिना कम समय रहँदा ह्यारिस र वाल्जले डेमोक्र्याटिक पार्टीको आधारमार्फत उत्साहको झट्का पठाउँदा ट्रम्पको चुनाबी सभामा हुने भीड र त्यसको समर्थकमा पर्ने लाभलाई ओझेलमा पारेको छ ।

यसले राष्ट्रपति जो बाइडेनले यो चुनावी चक्रमा कोरेको सानो चार्टमा शान्त भीडको तुलनामा उपस्थित सङ्ख्यालाई विशाल देखाइएको छन् ।

बाइडेन र सन् २०१६ का उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पको विशाल र उत्तेजक ‘रोड शो’सँग कहिल्यै प्रतिस्पर्धा गर्न सक्नुभएको थिएन । ट्रम्पले यसपहिले अत्यधिक भीड, अराजक शब्द र उत्तेजक समर्थकहरूलाई अग्रपङ्क्तिमा उभ्याएर धेरै स्थानमा विजय सुनिश्चित गर्न रातारात अभियान गरिरहेको थिए। तर बाइडेन यस वर्षको दौडबाट बाहिरिएपछि ट्रम्पकी नयाँ प्रतिद्वन्द्वीले प्रदर्शनको खेलमा रिपब्लिकन नेतालाई चुनौती दिन आफू सक्षम रहेको देखाएको छ ।

ह्यारिसले गत हप्ता जर्जियाको एटलान्टामा १० हजारको दर्शक क्षमताको रङ्गशालामा भरिभराउ दर्शकलाई सम्बोधन गर्नुभएको थियो । उनले भीडलाई उत्तेजित गर्न दुई हिप–हप स्टारहरूको घोषणा गरेको छन् ।

त्यसको चार दिनपछि पूर्वराष्ट्रपति ट्रम्पले सोही स्थानमा समान आकारको भीडसहित र्‍याली निकालेको र तुरुन्तै व्यङ्ग्यात्मक रूपमा टिप्पणी गर्दै ‘क्रेजी कमला’ र उनको ‘धेरै खाली सिट’ बारे उल्लेख गरेको थिए ।

ट्रम्पले भीडलाई सम्बोधन गर्दै भन्नुभयो, “मलाई मनोरन्जनकर्ताको आवश्यकता छैन । म स्टेडियम भर्छु किनभने म अमेरिकालाई फेरि महान् बनाउँदैछु । यो हाम्रो मनोरञ्जन हो ।”

युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनका राजनीतिका प्राध्यापक ब्यारी बर्डनले एएफपीसँग भन्नुभयो, “ट्रम्पका समर्थकका लागि यो चिन्ताको विषय बनेको छ भने ह्यारिसका लागि गर्वको । ह्यारिसका जुलुसहरूले सन् २०२० मा बाइडेन र सन् २०१६ मा क्लिन्टनको तुलनामा धेरै ठुलो भीडलाई आकर्षित गरेको छ ।

यस्तो स्पष्ट समर्थनले ट्रम्प मतदाताहरूलाई सन् २०२० को निर्वाचन परिणामको वैधताको बारेमा शङ्कालाई बढावा दिएको छ ।

“ह्यारिसले ट्रम्पका पूर्ववर्ती प्रतिद्वन्द्वीको भन्दा बढी भीडसँग कुरा गरिरहेकी छिन्, ट्रम्पलाई ‘लाभको उम्मेदवार’ मान्नुको यो तर्क हराउँदै जान्छ,” बर्डनले भने।

ट्रम्पले आफ्नो राजनीतिक जीवनको सुरुवातदेखि नै यस्ता फाइदा उठाउँदै आएको छन् । सन् २०१५ मा उनको अभियानमा सहभागी हुन अलाबामाको एक फुटबल रङ्गशालामा ३० हजार मानिस भेला भएका थिए ।

राष्ट्रपतिको रूपमा उनी ‘एयर फोर्स वन’लाई अभियानको अन्तिम सहाराको रूपमा प्रयोग गरेको थिए । उनको र्‍यालीमा गर्जन र उत्तेजित समर्थकहरूले सेल–फोनले तस्वीरहरू खिचिरहँदा उनी ‘सिनेमाको हिरोजस्तो’ विमानबाट बाहिर निस्किएको थिए ।

तर बुधबार ह्यारिसले ट्रम्पको चुनावी अभियानको नक्कल गर्दै उपराष्ट्रपतिको जेट एयर फोर्स टुमा डेट्रोइटको र्‍यालीमा पुगेको थिए । ट्रम्पले देशभक्तिपूर्ण प्रतीकात्मक बजारलाई समात्न खोज्दै अझै पनि अभियानको ‘अर्जुनदृष्टि’ उनको अमेरिका पहिलो भन्ने नारामा सीमित छ ।

तथापि ह्यारिसको कर्कश फिलाडेल्फिया र्‍यालीमा पनि यस्तै आवाज सुनिएको थियो, जुन बाइडेनका कार्यक्रमहरूमा विरलै भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् ।  कहिलेकाहीँ द...

सडक मर्मत गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ तर बजेट अभावले समस्या: मन्त्री घिसिङ

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...

चुनावअघिको महाधिवेशनले पार्टीमा असर पार्न सक्छ: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेट, निर्वाचनमार्फत आफ्नो मुद्दा अनुमोदन गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटार...

विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार, एक युवक पक्राउ

सप्तरी। विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग ...

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैय...

एकताका बेला मलिन अनुहार बनाएका कुलमान घिसिङ १४ घण्टापछि बोले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति भएको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending