Ntc summer Offer
Khabar Dabali २९ भाद्र २०८१ शनिबार | 14th September, 2024 Sat
NIMB

जुम्लामा तीन वर्षमा सवारी दुर्घटनामा २८ जनाको मृत्यु

खबरडबली संवाददाता

जुम्ला । जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३१, आव २०७९/८० मा २५ तथा आव  २०८०/८१ मा ३५ सवारीसाधन दुर्घटनामा परेका थिए । तीन वर्षमा ६ ट्रक, चार  बस, १६  जीप र कार तथा १५ ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै ३१ मोटरसाइकल र १८ अटोरिक्सा पनि दुर्घटनामा परेका थिए । ती सवारीसाधन दुर्घटना हुँदा  ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक धामीले बताए । 

तीव्र गतिका कारणले सवारीसाधन बढी दुर्घटना हुने गरेका पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन, चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ । जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट छन् । पातारासी गाउँपालिकाको उर्थुमा एक, तिलाको रारालिहीमा दुई, तातोपानीको लिताकोटमा एक, हिमाको बड्कीमा एक तथा कनकासुन्दरीको गुठीज्युलामा एक ट्राफिक प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफ...

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार बजेट प्रस्तुत गर्ने

धनगढी। चालु आर्थिक वर्षको दुई महिनासम्म बजेटविहीन सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते संशोधित बजेट प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।  मुख्यमन्...

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

काठमाडौँ । टी-२० सिरिजको दोस्रो खेलमा इङल्याण्डले अस्ट्रेलियालाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरे...

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । उनी अ...

नेपाल र जापानका कम्पनीबिच सम्झौता : वैदेशिक लगानी उच्च प्राथमिकतामा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएको छन्...

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जरिवाना रकम बुझाउन नसक्ने थुनुवाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नन निर्देशन दिएको छ । बैंकिङ कसुरको मुद्दामा कैद अवध...

दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु

काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ ...

१७ देशका प्रस्तावित राजदूतको अनुमोदनबारे आइतबार निर्णय हुने

काठमाडौँ । १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारे आइतबार निर्णय हुने भएको छ । सबै देशका प्रस्तावित राजदूतहरूको कार्ययोजना सुनिसकेपछि संसदीय ...

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीले सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने

काठमाडौँ। सरकारले बङ्गलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई सोही कलेजले तोकेको मेडिकल कलेजबाटै आफ्नो इन्टर्नसिप पूरा गर्न आग्रह गरेको छ...

सभापति देउवाले पार्टीको भूपू सैनिक विभागमा मनोनित गरे १० सदस्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेका छन् । सभापति देउवाले कांग्रेसको विध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy