Ntc summer Offer
Khabar Dabali १० जेष्ठ २०८२ शुक्रबार | 23rd May, 2025 Fri
Investment bank

आर्थिक मन्दीको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ । 

आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८०/ ८१ मा ३१ उद्योग र ५३ व्यावसायिक फर्म खारेज भएका हुन् ।  आव २०७९/८० मा १४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएका थिए । सो अवधिमा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यावसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषानाथ शर्माले बताए । 

आव २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायीहरू विदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताए । 

“व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिड पछिको आर्थिक मन्दीको असरका रूपमा लिएका छौ,” उनले भने, “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पुरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पुरा भएपछि कर तिरिरहनु भन्दा खारेज गर्नेहरू पनि छन् ।” जिल्लामा फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको ब्यापार घटेपनि सटरनै बन्द नभएका अध्यक्ष श्रेष्ठको दाबी छ । उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन् ।  

उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ । आव २०७९/८० मा रु १९ करोड ४७ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०८०/८१ मा रु। १७ लाख ३८ हजार ५०० राजस्व संकलन गरेको छ ।  गत वर्ष ३२२ उद्योग र ३९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगहरूमा ३०६ जनालाई रोजगारी सिर्जना भएको छ । जिल्लामा हाल दुई हजार आठ सय ८९ उद्योग र दुई हजार पाँच सय ४३ व्यवसाय कायम भएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमुख प्रशासकीय अधिकृत मल्लसहित ११ जनाविरुद्ध २३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...

वन प्रमुख ठाकुरमाथि कार्यकक्षमै दलियो मोसो

धनगढी। कञ्चनपुरका डिभिजन वन प्रमुख रामविचारी ठाकुरमाथि आज मोसो दलेर एक समूहले दुर्व्यवहार गरेको छ।  जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयको कार...

मधेसमा जनमतको दुई मन्त्री फेरबदल, कुशवाहा र यादव मन्त्री बन्ने

जनकपुर । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले मन्त्रिपरिषद्मा फेरबदल गर्ने तयारी गरेको छ।  सरकारमा सहभागी भएको करिब एक वर्षपछि पार्टीले आफ्ना दुई ...

युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध

मस्को। रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयल...

दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई ५३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूलाई आपराधिक उपद्रव,...

पतञ्जली जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय

काठमाडौँ । संसदीय समितिले पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको छ । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बै...

परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबिच बिहीबार टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रह...

सेयर बजार १९ अङ्कले बढ्यो, बैङ्किङ सेक्टरमा रौनक

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक १९.१४ अङ्कले बढेको छ । योसँगै बजार परिसूचक २६८८.९१ अङ्कमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैया...

भिजिट भिसा प्रकरण: गृहका सहसचिव भट्टराईसहित चार जनाको डिभाइस अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान थालिएको छ । घटनाबारे ...

एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्यालसहित १३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending