Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८२ सोमबार | 19th May, 2025 Mon
Investment bank

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौंको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई,  सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको जानकारी दिए ।

बागमती प्रदेश ०२–०४९ प २५१३ नंको मोटरसाइकललाई चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नं बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न सबैलाई आग्रह गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस र नेपाल सन्दर्भ

पृष्ठभूमि मानवलगायत पृथ्वीमा रहेका सबै जीवनलाई आवश्यक पर्ने प्रक्रियाहरूको लागि जैविक विविधता आवश्यक छ। जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको विस्तृत...

सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री र गाउँपालिका अध्यक्षबीच आरोपप्रत्यारोप

रुपन्देही । दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेश राजधानी रहेको स्थानीय सरकार हो । प्रदेश सरकारका सबै मन्त्रालय, अन्य कार्यालय, प्रदेश सभासहितका महत...

सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । योस...

अढाई दशकपछि नक्सालको हिटीमा फर्कियो पानीको प्रवाह

काठमाडौँ । काठमाडौंको नक्सालस्थित ढुंगे धारा (हिटी)मा अढाई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको हो । हा...

कालीमाटी तरकारी बजारः यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

टनेलकाे गाेलभेँडा बजारमा आएसँगै मूल्य उच्च

तनहुँको बुल्दीखोलामा पक्की पुल निर्माण

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठबाट बसपार्क आवतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोल...

सत्ता समीकरण तत्काल परिवर्तन नगर्ने मुडमा छन कांंग्र्रेस सभापति देउवा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारप्रतिको आलोचना बढ्नेक्रम जारी छ। संसद्का दुई...

तरुण दलको लम्मजुङ अधिवेशनमा खुकुरी प्रहार, ४ घाइते मध्य २ लाई काठमाडौं रिफर

लमजुङ । लमजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ । सो क्रममा चार जना घाइते भई दुई जना उपचारपछि घर फ...

प्रतिनिधिसभा बैठकः बिनियोजन बिधेयकमाथी छलफल जारी रहने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ...

आजको मौसमः कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending