Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

कसरी खोल्ने डिम्याट खाता ?

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय साधारण शेयर (आइपीओ) प्रति सर्वसाधारणहरुको आकर्षण बढिरहेको छ । विभिन्न कम्पनीहरूले सर्वसाधारणका लागि प्राथमिक सेयर लिन आवेदन जारी गर्ने गरेका छन् । पछिल्लो समयमा २५ लाख भन्दा बढिले डिम्याट (हितग्राही) खाता खोलिसकेका छन् भने सक्रिय डिम्याट खाता २० लाख भन्दा बढि रहेका छन् ।

आइपीओ भनेको के हो 
कुनै पब्लिक कम्पनीले पुँजी संकलनको लागी प्रथम पटक आफ्नो कम्पनीको सेयर जनतालाई पनि लगानीको लागी निश्कासन गरेको सेयरलाई आइपिओ भनिन्छ।  आईपीओको माध्यमबाट कम्पनीले आफ्नो शेयर बिक्री गर्नुपर्ने तीन वटा कारण हुन्छन् । पहिलो, नियामक निकाय वा सरकारले विभिन्न प्राकृतिक स्रोतको प्रयोग गरी उत्पादनमूलक कार्य गर्ने कम्पनीहरूले लाभ आर्जन गर्दै गर्दा स्थानीय जनताले पनि लाभ पाउन सकून् भनेर नीतिनिर्माण गर्दैका बखत नै शेयर बिक्री गर्नुपर्ने नियम बनाएका हुन्छन् । यसको उदाहरण जलविद्युत् कम्पनी हुन् ।

दोस्रो, वित्तीय क्षेत्रका कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने कानूनमै लेखिएको हुन्छ । यी कम्पनीहरूले सर्वसाधारणबाट निक्षेप, बीमा प्रिमियम वा अरू किसिमबाट रकम  संकलन गरी पुनः लगानी गर्ने भएकाले पब्लिकको निगरानीमा हुनुपर्छ भन्ने मान्यतामा यस्तो नियम बनाइएको हुन सक्छ । बैंक, वित्त र बीमा कम्पनी यसका उदाहरण हुन् ।

तेस्रो, कम्पनीले आफ्नो व्यवसाय अगाडि बढाउने क्रममा थप पूँजीको आवश्यक भएमा शेयर बिक्री गर्छन् । बाध्यकारी नियम नहुँदा पनि जलविद्युत्, बैंक, बीमा बाहेकका कम्पनी यसै उद्देश्यले पूँजी बजारमा आएका हुन् भन्न सकिन्छ ।

 बैंकमा खाता खोल्ने
कुनै पनि कम्पनीको आईपीओमा आवेदन दिन तथा शेयर कारोबारका लागि सर्वप्रथम व्यक्तिको वाणिज्य बैंक तथा विकास बैंकका क, ख र ग वर्गका बैंकहरुमा जुनसुकै किसिमको बचत खाता रहेको हुनुपर्दछ । 

डिम्याट खाता खोल्ने

आइपीओ भर्न वा कुनै पनि शेयर कारोबारको लागि डिम्याट खाता अनिवार्य रुपमा चाहिन्छ । डिम्याट (हितग्राही) खोल्नका लागि खाता पहिले नै बैंक खाता छ भने सोही खाता प्रयोग गर्न सकिन्छ । तर, बैंक खाता चालु अवस्थामा हुनुपर्दछ ।

 मेरोशेयरको खाता
बैंक खाता र डिम्याट खाता भइसकेपछि आफ्नै मोबाइल वा अनलाईनबाट आईपिओ भर्न मेरो शेयरको खाता खोल्नु पर्दछ । बार्षिक ५० रुपैयाँ लाग्ने मेरो शेयर सिडिएस एण्ड क्लीयरिङ हाउसको व्यवस्थापनमा सञ्चालनमा छ । मेरो शेयरमा खाता खोलिसकेपछि तपाईले अनलाईनबाटै शेयर खरिद बिक्री सम्बन्धी काम गर्न सक्नुहुन्छ भने तपाईको डिम्याट खातामा कति शेयर छ भनेर हेर्न सक्नुहुन्छ । त्यस्तै शेयर बिक्री गर्दा ट्रान्सफर गर्न सक्नुहुन्छ । आईपिओ पनि मेरो शेयरबाटै भर्ने व्यवस्था गरिएको छ । मेरो शेयर भएन भने आस्बा सदस्य भएका बैंकमा पुगेर शेयर भर्नुपर्दछ

सिआरएन नम्वर

क्यापिटल मार्केट कम्पनीबाट डिम्याट खाता खोलिसकेपछि सोही नम्वर राखेर पुनः आफ्नो बैंक खाता भएको बैंकमा गएर वा अनलाईनमार्फत सिआरएन रजिष्ट्रर फर्म भर्नुपर्दछ ।

 आइपीओ भर्ने तरिका

मेरो शेयर आइडी र पासवर्ड तयार भइसकेपछि जुनसुकै कम्पनीको आइपीओमा आवेदन दिन सकिन्छ । साथै आफ्नो शेयर कति छ भनेर हेर्न पनि सकिन्छ । यसका लागि मेरो शेयरको वेबसाइटमा गई सर्वप्रथम लगइन गर्ने ।त्यसपछि लेफ्ट कर्नरमा रहेको ‘माइ आश्वा’ मा गई अप्लाई इश्युमा जानु पर्दछ । त्यसपछि आइपीओ आवेदन खुल्ला रहेको कम्पनीको राइट साइडमा गई अप्लाईमा क्लिक गरी आवेदन दिन सकिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending