Ntc summer Offer
Khabar Dabali ३ श्रावण २०८२ शुक्रबार | 18th July, 2025 Fri
Investment bank

लहानको उत्तरी भेगमा खानेपानीको समस्या समाधान हुने

खबरडबली संवाददाता

लहान । लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १३, १६ र २४ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान हुने भएको छ । यस वडाका कतिपय स्थानमा खानेपानीको समस्या समाधान भइसकेको छ भने कतै समाधान हुने कार्यमा रहेको नेपाल खानेपानी संस्थान लहानले जनाएको छ । 

लहान वडा नम्बर –२४ मा विगत एक वर्षदेखि खानेपानी स्थानीयहरुले प्रयोग गरिरहेको स्थानीय पञ्चलाल महतोले बताए । विगत १० वर्षदेखि खानेपानीको ट्याङ्की निर्माण भएर त्यसै अलपत्र अवस्थामा थियो । एक वर्ष अगाडि नेपाल खानेपानी संस्थान लहानले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गरेपछि खानेपानीको समस्या हटेको हो । 

खानेपानी सञ्चालनमा नआउँदा वैशाखदेखि इनारहरु सुक्न थालेपछि खानेपानीको ठुलो समस्या हुने गर्दथ्यो स्थानीयहरुले विगतको पीडा सम्झादै भने, तर अहिल घरघरमा खानेपानी पुग्न थालेको बताए । सबैभन्दा बढी जनसङ्ख्या भएको लहान–२४ नम्बर वडामा सरे खोलाको वारिका आधा दर्जन बस्तीहरुमा हातेकल इनार सुक्न थालेपछि खानेपानीका लागि ठुलो समस्या हुने गरेको थियो । 

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले खानेपानीको ओभर ट्याङ्की निर्माण गरेर यसैअलपत्र रहेको खानेपानी सूचारु गराउन नेपाल खानेपानी संस्थान लहानसँग समन्वय गरेर सञ्चालन गराएको वडाध्यक्ष रासलाल रायले बताए । अहिलेसम्म १०५जना उपभोक्ताले धारा जडान गरिसकेको छ । चार किलोमिटर धारा जडान कार्य सम्पन्न भएको छ । यसवर्ष थप ७ किलोमिटर जडान गरिनेछ । २७ किलोमिटरसम्म धारा जडान गरिने लक्ष्य रहेको उनले जानकारी गराए । 

लहान–१३ मा पक्कीटोल र सुकरामपुरमा निर्माण भएको खानेपानी ओभर ट्याङ्की सञ्चालनमा ल्याउन खानेपानी संस्थानले आफ्नो स्वामित्मा लिएको दुई महिना भएको कार्यालय प्रमुख ऋषिराज भण्डारीले भन्दै केही महिनामै पाइप जडान गरेर खानेपानी पुर्याउने गरी काम अघि बढेको बताए । 

यसैगरी लहान–१६ मा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले निर्माण गरेको ओभर ट्याङ्की खानेपानी कार्यालय लहानले आफ्नो अधिनमा लिएर सञ्चालन गर्न सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको खानेपानी वितरण शाखालहानका प्रमुख लटु प्रसाद यादवले बताए । 

लोकमार्गदेखि उत्तरी भेगमा पर्ने वडा नम्बर १३, १४, १५, १६, १७ र १८ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान गर्न लहान नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर दीर्घकालीन रुपमा समस्या समाधान गर्न लागि परेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेमा ११ जनाकाे पदाधिकारी बनाउन प्रस्ताव

पूर्वराष्ट्रपति भण्डारीको विषयमा एमाले बैठकमा प्रवेश

मधेश प्रदेशमा ४४२ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

धनुषा । डिभिजन वन कार्यालय धनुषाले ३० हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा तथा ...

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशु चौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकाे हो ...

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

बगदाद । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ । “एउटा प्रम...

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बागमती । बागमती प्रदेश सभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पारित आर्थिक वर्ष ०८२/८३ ...

ताप्लेजुङमा सम्बन्धविच्छेदका मुद्दाकाे चाङ बढ्दै

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको अवस्था भयावह देखिएको छ । कुल  मुद्दामध्ये झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका देखिएका छन्...

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा  प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख ...

सप्तरीकाे महादेवा गाउँपालिकाले‌ ल्यायो विपन्नका लागि नि:शुल्क एम्बुलेन्स सेवा

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाले‌ गर्भवती महिला तथा दुर्घटनामा परेका विपन्न व्यक्तिहरूका लागि जिल्लाभित्र नि:शुल्क एम्बुलेन्स सेवा सुरु गराएको छ...

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

पाल्पा । यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । ...

काठमाडाैंबाट राजस्व छलीका विद्युतीय उपकरणसहित एक चिनियाँ पक्राउ

काठमाडाैं । राजस्व छली गरिएका अवैध विद्युतीय उपकरणसहित काठमाडौं महानगरपालिका– ३२ पुरानो सिनामंगल बस्ने चिनियाँ नागरिक ३८ वर्षीय यु वाङलाई प्रहरीले पक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending