Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

गौरको वातावरण सहज बन्दै

\"Rautahat\"रौतहट । मधेस सङ्घर्ष समन्वय समिति रौतहटले चारबुँदे माग गरी शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासनसँग अपिल गरेको छ । मधेस सङ्घर्ष समन्वय समिति रौतहटका अध्यक्ष जगन्नाथप्रसाद केशरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा रौतहटमा लगाइएको दङ्गा क्षेत्र घोषणा हटाउनुपर्ने, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले उठाएको माग अविलम्ब सम्बोधन गर्नुपर्ने, मधेसीमाथि गरिएको दमन, गोली प्रहार र हिंसा तुरुन्त बन्द गर्नुपर्ने र स्वर्गीय राजकिशोर ठाकुरलाई सहिद घोषणा गर्नुपर्ने माग गरिएको छ । साथै विज्ञप्तिमा विगतमा भएको २२ र ८ बुँदे सम्झौतालाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै तराई मधेसमा देखिएको समस्याको सम्बोधन गर्न नेपाल सरकार, गृह मन्त्रालय र स्थानीय प्रशासनलाई अनुरोध गर्दछौँ भनिएको छ । यसैबीच जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिलाई लिएर गत भदौ ८ गते लागू गरिएको दङ्गाग्रस्त क्षेत्र अझै कायम रहेको छ । जिल्ला सुरक्षा समितिको बैठकले गत भदै ८ गतेबाट लागू हुनेगरी गौर नगरपालिका तथा गौर–चन्द्रनिगाहपुर सडकखण्डको दायाँबायाँ १–१ किमी सडकलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना विभिन्न मागलाई लिएर सरकारी कार्यालय तोडफोड गर्ने तथा सरकारी कार्यालयमा गई मधेस सरकार लेख्नेजस्ता कार्य गर्न थालेपछि पहिलो दिन निषेधाज्ञा जारी गरेको थियो भने त्यसपछिका दिनमा दङ्गाग्रस्त क्षेत्र कायमै रहेको छ । निरन्तरको बन्द तथा भेला, जुलुस, प्रदर्शनका कारण प्रभावित बन्न पुगेको गौरको जनजीवन सामान्य बन्दै गएको छ । पसल तथा व्यापार व्यवसाय सञ्चालन अवस्थामा रहेका छन् । लगातार हुने विरोध तथा प्रदर्शन दङ्गाग्रस्त क्षेत्र घोषणापश्चात् नभएको स्थानीय रवीन्द्र मण्डलले बताए । उनका अनुसार दङ्गाग्रस्त क्षेत्र घोषणापश्चात् पनि सुरक्षाकर्मी तथा प्रदर्शनकारीले संयमता अपनाएका कारण गौरको वातावरणमा सुधार भइरहेको छ । जिल्लाको अवस्था सहज भएपछि निषेधित क्षेत्र हट्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा अझै सुरक्षा चुनौती अनुभव भइरहेकाले दङ्गाग्रस्त क्षेत्र घोषणाको समय कायमै रहेको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies