Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

¥यान्डम रिडर्समा 'बोरा'को चर्चा

खबरडबली संवाददाता

पोखरा । ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ को परिचर्चा गरेको छ ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा लेखक राजिन पनेरूले कृतिको परिचर्चा गरेका थिए ।

‘नाट्यसमालोचना’ का रूपमा अवधारणापत्र प्रस्तुत गर्दै पनेरूले आमाप्रति उच्च सम्मान व्यक्त गर्ने र आमालाई हेला गर्ने सबैले पढ्नैपर्ने उपन्यासका रूपमा बोराको चर्चा गरे । “यो ममत्वको कथा हो, मातृत्वले भरिएको आमाको आरोह–अवरोहको कथा हो” पनेरूले भने, “यो धर्तीरूपी आमाले दिने महान् क्षमा र करुणाको कथा हो ।” बोरालाई उनले आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराको उत्तरवर्ती चरणको महत्वपूर्ण कृतिका रूपमा चिनाए ।

पुस्तकमा समावेश गरिएका सूक्तिमय वाक्यहरूले कृतिलाई मर्मस्पर्शी र वैचारिक दृष्टिले समेत बलियो बनाएका पनेरूको भनाइ थियो । पद्मकन्या क्याम्पसका उपाप्राध्यापकसमेत रहेका समालोचक पनेरूले कथा संरचना, पुस्तकीय सूक्ति, बोरा संवेदना, तुलना, अतिशयोक्ति, तथ्य गडबडी, नियति, लाचार प्रवृत्ति र मानवता पात्र राखेर कृतिको परिचर्चा गरेका थिए ।

पत्रकार तथा उपन्यासकार अखण्ड भण्डारीले आफूले रिपोर्टिङका क्रममा भेटिएको यथार्थ घटनालाई आधार मानेर उपन्यास लेखेको बताए ।

पाठकहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले उपन्यासमा आएका कतिपय पात्रहरूको चरित्रमा नाटकीय परिवर्तन देखिएको स्विकारे । परिस्थितिले असल मानिसलाई खराब र खराबलाई असल बनाउन सक्ने यथार्थविमुख हुन नसकिने उनको धारणा थियो ।

उनले उपन्यासप्रति पाठकले दिएको मायाले आफू उत्साहित भएको अनुभव सुनाए । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक रहेका भण्डारीको यसअघि मलाया एक्सप्रेस (उपन्यास) र समाचारको भाषा कृति प्रकाशित छन् ।

कार्यक्रममासोम सापकोटा, बाबुराम सुवेदी, गनेस पौडेल, ईशा शाह, कृष्णमुरारी पौडेल, भरतमणि भट्टराईलगायतले टिप्पणी गरेका थिए । सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ । बोराको परिचर्चा सोसाइटीको १०८ औँ शृङ्खला हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending