गुल्मी । गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६५ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका छन् । जसमध्ये ४३ मुद्दा फर्स्योट भएको र २२ वटा मुद्दा फर्स्योट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।
पन्थीका अनुसार गत आवमा अदालतमा ३८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा फस्र्योट भएको र ७३ मुद्दा फर्स्योट गर्न बाँकी रहेका छन् । पुरुषवादी पक्ष भएका ६५ मध्ये ४३ र महिलावादी पक्ष भएका ३१८ मध्ये २६७ मुद्दा फर्स्योट भएका छन् ।
आव २०७९/८० मा ७३ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका थिए । सम्बन्धविच्छेदसम्बन्धी परेको कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका थिए ।
मुलुकी देवानीसंहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको पन्थीले बताए । विशेष गरी श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको उनको भनाइ छ ।
यस्तै महिलाले पुरुषसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी दर्ता गरेका ३०९ थान मुद्दामध्ये २७२ थान मुद्दा फर्स्योट भएको र ३७ थान मुद्दा फर्स्योट गर्न बाँकी रहेका छन् । महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्नुका कारणमा घरेलु हिंसा, कुटपिटलगायत रहने गरेको अदालतले जनाएको छ ।
गत आवमा जिल्ला अदालत गुल्मीमा कुल ६७४ थान मुद्दा रहेकामा ४८० थान मुद्दा फर्स्योट भएको र बाँकी १९४ मुद्दा रहेको अदालतले जनाएको छ । अदालतको लक्ष्य अनुसार वार्षिक रूपमा फैसला गर्नुपर्ने मुद्दाको सङ्ख्या ४५४ मध्ये असार मसान्तसम्म ४८० थान मुद्दा फर्स्योट भएकाले लक्ष्यभन्दा २६ मुद्दा बढी फर्स्योट भएको सूचना अधिकारी कमल पन्थीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८१ - १३:३२
मनाङ। पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्र्याक खोलेको करिब २० वर्षपछि डुम...
माघ ६ गते, २०८१ - १३:२८
भीम रावलको पछि लाग्ने पूर्वमन्त्रीसहित २ जना कारबाहीमा
माघ ६ गते, २०८१ - १२:०१
म्यग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउ...
माघ ६ गते, २०८१ - ११:५८
पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी ...
माघ ६ गते, २०८१ - ११:३७
बनेपा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेले आफ्नो संगठन स्थापनाको ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा विभिन्न कार्यक्रम गरेक...
माघ ६ गते, २०८१ - ११:३५
काठमाडौं । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उ...
माघ ६ गते, २०८१ - ११:२७
काठमाडौं । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगिता...
माघ ६ गते, २०८१ - ११:२०
काठमाडौं । पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनी केहीबेरर अघि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । स्वर्णलक्ष्मी सहकारीको...
माघ ६ गते, २०८१ - ११:१३
'अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुन्छ'
माघ ६ गते, २०८१ - ११:०९
काठमाडौं । कोशीमा अघिल्लो कार्यकालमा संसद् र सरकार दुवै लयमा थिए । तीन पटकसम्म सरकार फेरबदल भयो । तर, न संसद्ले लय छाड्यो, न त सरकारले नै । सामान्य प...
प्रतिकृया लेख्नुहोस्: