बनियानी । यहाँको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः ३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
गत साउन २५ गते राति अर्जुनधारा–७ मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी सुरु गरेको थियो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा शनिबार राति १०ः३० बजे उनीहरुलाई शङ्कास्पद अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता चन्दले बताए ।
प्रहरीले उनीहरुका साथबाट चोरीको समान र अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले आदित्य लिम्बूका साथबाट चाँदीको सिक्री एक थान, नेपाल टेलिकमको रु ५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान, चाँदीको सिक्री एक थान, एनसेल कम्पनीको रु ५० दरको रिचार्ज कार्ड पाँच थान र निखिल तामाङको साथबाट चाँदीको सिक्री एक थान बरामद गरेको छ ।
प्रहरीले चोरी गर्दा प्रयोग भएको एउटा खुकुरी समेत किराना पसलबाट बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...
पौष १५ गते, २०८२ - १३:२९
काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...
पौष १५ गते, २०८२ - १३:१९
काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...
पौष १५ गते, २०८२ - १३:००
गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् । कहिलेकाहीँ द...
पौष १५ गते, २०८२ - १२:४६
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...
पौष १५ गते, २०८२ - १२:२९
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...




प्रतिकृया लेख्नुहोस्: