Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

कैलालीका नदीमा पानीको सतह बढेपछि देखिन थाले डल्फिन

खबरडबली संवाददाता

कैलाली । कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर नगरपालिका–६, ७, ८ र भजनी नगरपालिका–३, ५, ७, ८ का नदि तटीय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठकानुसार उक्त पालिकामा पर्ने मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँ वयस्क, माउ डल्फिनसँगै बच्चा पनि देखिन थालेका छन् । श्रेष्ठले भने, ‘भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्छन् । यसरी तीन महिनाभन्दा बढि समयसम्म डल्फिन यहाँ बस्ने गर्छन् । मनसुन बाहिरिएसँगै डल्फिन पनि कर्णाली नदीमा नै फर्कने गरेका छन् ।’

यी नदी क्षेत्रमा डल्फिनको मुख्य आहारा माछा, घोँगीका साथै लेऊ प्रशस्त पाइने भएकाले पनि हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका जानकारहरू बताउँछन् । स्वच्छ जल, प्रशस्त आहारा र धेरै दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने गरेका संरक्षणकर्मी श्रेष्ठ बताउनुहुन्छ । यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको जानकारहरू बताउँछन् ।

डल्फिन देखिन थालेसँगै पर्यटकहरू अवलोकनका लागि दिनहुँजसो यस क्षेत्रमा पुग्न थालेका छन् । संरक्षणकर्मी भोजराज ढुुङ्गाना हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै पर्यटकको चहलपहल बढ्ने गरेको बताउनुहुन्छ । उहाँकानुसार डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिकसमेत यहाँ आउने गरेका छन् ।

पर्यापर्यटनका दृष्टिकोणले महत्वपुर्ण मानिएको यस क्षेत्रमा डल्फिन संरक्षणका लागि विभिन्न काम भइरहेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम ताल, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका छन् । साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले समेत संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । यहाँ चारपटक डल्फिन महोत्सवसमेत आयोजना भइसकेको छ ।

डल्फिनसँगै अन्य जीवजन्तु तथा चराचुरुङ्गीको अध्ययन, अनुसन्धानलाई जोड्न सकेमा पर्यापर्यटनका लागि अझ राम्रो हुने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुर बताउँछन् । यसका लागि डिभिजन वन कार्यालयले पनि संरक्षणका कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले पनि यस क्षेत्रमा विकासका लागि कार्यक्रम गर्ने जनाएको छ । अवलोकन गर्न आउने पर्यटकका लागि आवासीय घर, होमस्टे सञ्चालनका लागि आवश्यक काम गर्ने तयारी भएको इकाइका निमित्त प्रमुख डबल बोहराले जानकारी दिए ।

कर्णालीमा विसं २०५४ मा पहिलोपटक डल्फिन देखिएको थियो । स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलोपटक डल्फिन देखेपछि उनले नै यसको प्रचारप्रसार गरेका थिए । डल्फिन संरक्षक श्रेष्ठले आफूले यहाँ पहिलोपटक डल्फिन देखेपछि प्रचारप्रसार तथा संरक्षणका लागि जुटेको स्मरण गरे ।

‘सुरूमा डल्फिन देखिएपछि प्रचारप्रसार र संरक्षणका लागि पहल गरियो तर चुनौती धेरै थिए । विस्तारै यसको महत्वका बारेमा जानकारी दिएपछि स्थानीय नै संरक्षण अभियानमा जुटे । अहिले सबैजसो संरक्षणमा जागरुक भएका छन्’, उनले भने ।

प्रायः मनसुनको समयमा मात्रै देखिने डल्फिन गएको डिसेम्बर २२ मा पनि यहाँ देखिएका थिए । रानी जमरा कुलरीया सिँचाइ आयोजनाको पानी पथरैया नदिमा मिसाउँदा हिउँदमै डल्फिन देखिएको सचिव श्रेष्ठले बताए ।

‘हिउँदमा हुने पानीमा थप चार फिट पानी बढाउन सके डल्फिन हेर्न वर्षायाम पर्खिनु पर्दैन भन्ने पुष्टि भइसकेको छ । योजनावद्ध रूपमा केही काम गर्न सके यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने सम्भावना छ’, श्रेष्ठले भने । यसका लागि डल्फिन संरक्षण गर्ने भन्दै सरकारले बनाएको कार्ययोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । -रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending