Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

सुरु भयाे आइएमई र जीएमई रेमिटको एकीकृत कारोबार

खबरडबली संवाददाता

काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिटले आजबाट एकीकृत कारोबार गर्ने भएका छन् । दुई रेमिट एक आपसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार हुने अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका हुन् ।

उनले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आइएमई र जीएमई रेमिटलाई मर्जर गरेर एकीकृत कारोबार सुरु गरिएको उनले बताए । मर्ज पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।

रेमिट्यान्स कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठुला कम्पनी हुन् । मर्ज पछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो ।

मर्ज पछि कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि गइसकेको छ । सेबोनले अनुमति दिने बित्तिकै कम्पनीले आईपीओ ल्याउने बताएको छ ।

यी दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

सरी’ र ‘धन्यवाद’सँगै सकियो रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...

रास्वपा महाधिवेशन : नेतृत्वमा दाबी गर्न हजारौँ शुल्क र दर्जनौँ समर्थकको सर्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...

घर छन्, घरमूली छैनन् : उजाडिँदै गाउँका बस्ती

काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...

म्याग्दीमा रासायनिक मलको अभाव

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

बस र ट्रक ठोक्किँदा नवलपरासी पश्चिममा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending