नेपालगन्ज।अति न्यून शुल्कमा पश्चिम नेपालका हजारौं बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालले यस क्षेत्रका सर्वसाधारणको सुविधाका लागि सेवा शुल्क घटाएको छ ।
भेरी अस्पतालमा सेवाग्राहीहरुले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अनुसार भेरी अस्पतालको सेवा सुविधामा सुधार गर्ने अभियान सुरु गरेर सोही अन्तर्गत विभिन्न निर्णयहरु गर्दै कार्यान्वयन गर्न थालिएको हो।
भेरी अस्पताल विकास समितिका सदस्य डा। डक्ट प्रसाद धितालका अनुसार यस क्षेत्रका विपन्न, गरिब र मध्यमवर्ग लगायत सबैलाई सहज हुने गरि अस्पतालले आफ्ना विभिन्न सेवा शुल्कहरु घटाएको बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट प्रवाह भइरहेको ओपिजी शुल्क एक हजार ५०० बाट घटाएर ८०० रुपियाँ, डेक्सा स्क्यान शुल्क दुई हजार ५०० बाट घटाएर एक हजार ५०० कायम गरिएको छ । सोही प्रकारले एमआरआई सेवाको शुल्क पनि घटाइएको छ ।
यसैगरी, अस्पतालले ईमरजेन्सी विभागबाट दिइरहेको एक्सरे सेवालाई थप जनशक्तीको व्यवस्थापन गरी चौविसै घण्टा सेवा प्रदान गर्ने निर्णय गरिएको छ भने अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तारको लागि आवश्यक तयारी गरी यथासिघ्र सञ्चलनमा ल्याउने निर्णय पनि गरिएको सदस्य डा। धितालले बताए।
अस्पताल विकास समितिका अनुसार प्राविधिक खराविका कारण बन्द रहेको सिटी स्क्यान मेसिन यथासिघ्र मर्मत गरि सेवा सञ्चालन गरिने तथा सिटी स्क्यान मेसिन धेरै पुरानो भइ हरेक वर्ष मर्मत गर्नुपर्नुर्ने हुँदा सोको खर्च धान्न अस्पतालले नसक्ने अवस्था रहेकोले १२८ स्लाईस क्षमताको नयाँ सिटी स्क्यान खरिद गर्नको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरिएको छ ।
अस्पतालले यसअघिनै अनलाइन टिकेटको व्यवस्था गरिसकेको छ भने ओ।पि।डी। टिकेट काउण्टरमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलाहरु लाईनमा नबसी यथासिघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउने निर्णय समेत गरिसकिएको थियो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक ५०० देखि एक हजारभन्दा बढीको संख्यामा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: