काठमाडौं । थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा पोखरी उच्च जोखिममा रहेको जनाएको हो ।
बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा टोली उक्त ठाउँमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भन्नुभयो, ‘साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुई वटा ताल फुटेको रहेछ । अरू दुई वटा उच्च जोखिममा छन् । एउटा भने सुरक्षित छ।’
शुक्रबार दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा पानीको बहाव बढेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ ।
बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।
बाढीले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १६:५३
काठमाडौं । विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत...
मंसिर १३ गते, २०८१ - १६:३६
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएको छन्। बिहीबार हिउँ चितुवाको संरक्षण तथा यसको...
मंसिर १३ गते, २०८१ - १६:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर कुनै पनि उम्मेदवारलाई समर्थन नजनाउने भएको छ । रास्वपाका एक जना नेताले भने 'यो...
मंसिर १३ गते, २०८१ - १६:१२
अत्तरिया। कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधब...
मंसिर १३ गते, २०८१ - १५:५५
काठमाडौं। नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएक...
मंसिर १३ गते, २०८१ - १५:३८
काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई ...
मंसिर १३ गते, २०८१ - १५:११
किएभ । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउँदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेन...
मंसिर १३ गते, २०८१ - १४:५१
बेलायत। रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुगेका कार्की...
मंसिर १३ गते, २०८१ - १४:३४
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएको छन् । बिहीबार काठमाडौँमा आ...
मंसिर १३ गते, २०८१ - १४:१५
काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएको छन् ।...
प्रतिकृया लेख्नुहोस्: